Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

चिसोले गर्दा चौरमा विद्यार्थी

मंगलबार, २१ पुस २०७२

काठमाडौँ, २१ पुस । केहीदिन यता चिसो बढेका कारण विद्यार्थीलाई चौरमा नै पढाउनुपर्ने बाध्यता रहेको छ । चिसो बढेका कारण तुसारो जम्न गई कक्षाकोठामा विद्यार्थी जान नै नमान्ने भएकाले चौरमा नै पढाउनुपरेको शिक्षकहरुको भनाइ रहेको छ । 

डडेल्धुराको पहाडी भेगमा रहेका विद्यालयमा हिउँदे बिदा गरिने भए तापनि भित्रिमधेस परुशुराम नगरपालिका, आलिताल, गाखेंत क्षेत्रका विद्यालय भने खुला नै रहने गर्छन् । 

चिसो अति नै बढेकाले बाध्य भएर चौरमा विद्यार्थी राखेर पढाउनुपरेको दुर्गा उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापकले बताए ।

चिसोले विद्यार्थी विद्यालय आउनै छोडेको र तल्लो कक्षाका विद्यार्थीको उपस्थिति न्यून हुन थालेको र चौरमा पढाउन थालेपछि विद्यार्थीसमेत नियमित आउने गरेको शिक्षक बताउँछन् । 

रासस 

 

प्रतिक्रिया