Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

शिक्षकको माग गदै विद्यालयमा तालाबन्दी

सोमबार, २० पुस २०७२

काठमाडौँ, २० पुस । जाजरकोटको दुर्गम स्थानमा रहेको पञ्च भयार मावि खगेनकोट–७ जिकुवामा चार दिनदेखि तालाबन्दी गरिएको छ ।  विद्यार्थीले गणित र अङ्ग्रेजी विषयको शिक्षक माग गर्दै विद्यालयमा तालाबन्दी गरेको स्थानीयवासी नारायण खत्रीले जानकारी दिए । 

दुई वर्षदेखि निमावि राहत कोठा खाली भए पनि शिक्षक नियुक्ति नगर्दा विद्यार्थीको पढाइ प्रभावित हुँदै आएको छ । मावि तहमा कुनै दरबन्दी नभएको सो विद्यालयमा निमावि तहमा दुईवटा राहत कोठा रहेका छन् । 

ती दुई राहत कोठामध्ये एउटा दुई वर्षदेखि आफ्नो मानिस शिक्षक बनाउनुपर्ने होडबाजीका कारण खाली रहँदै आएको छ ।  अर्को राहत कोठाका शिक्षक रमेशकुमार शाहीले शिक्षक सेवा आयोगमा नाम निकाले पनि राजीनामा नदिएका कारण तीन महिनादेखि गणित विषयको पढाइ हुन सकेको छैन ।

निमावि तहको राहत कोठामा कार्यरत शिक्षकले मावि तहको अङ्ग्रेजी र गणित विषय पढाएका कारण  विद्यालय सञ्चालन भएको थियो ।

रासस 

 

प्रतिक्रिया