Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

शिक्षक खोज्दै सदरमुकाममा, जिशिकामा धर्ना 

आइतबार, १९ पुस २०७२

काठमाडौँ, १९ पुस । बैतडीको विशालपुरस्थित  शिव निमाविका शिक्षक लोकराज भट्ट झण्डै डेढ बर्षदेखि काजमा छन् ।  निमावि तहका अंग्रेजी शिक्षक भट्टले २०७१ साउनमा महारुद्ध गाविसको हतरंगा उयमाविमा काज मिलाएका हुन् । 

सरकारले काज दिन नपाइने प्रावधान लागु गर्दा पनि जिल्लामा काज सरुवा हुने क्रम रोकिएको छैन् । यसले विद्यालयको पढाई प्रभावित भइरहे पनि जिल्ला शिक्षा कार्यालयले चासो दिएको छैन् । 

चिनजान र राजनीतिक दबाबमा काज सरुवा मिलाउने क्रम बढ्दो  छ। शिक्षा कार्यालयका अनुसार जिल्लाभर २० जना शिक्षक काजमा छन् ।  शिव निमाविका प्रअ जयराज ओझा राजनीतिक पहुँचका आधारमा अझै काज मौलाइरहेको र यसले विद्यालयको पठन पाठन प्रभावित भएको बताउँछन् । 

आफुलाई पायक पर्ने ठाउँमा काज मिलाउन शिक्षकले विभिन्न व्यक्तिबाट दबाब दिने गरेको जिल्ला शिक्षा कार्यालयका कर्मचारीले बताएका छन् । 

 शिक्षक माग्दै धर्ना 

शिव निमाविका विद्यार्थीले शिक्षक माग गर्दै गत आइतबार जिल्ला शिक्षा कार्यालयमा भर्ना दिए ।  शिक्षक नहुँदा बर्षदिनदेखि अंग्रेजी विषय पठनपाठन हुन नसकेको कक्षा ८ मा अध्ययनरत विनोद दमाईले बताए । 

शिक्षक दरबन्दी माग गर्दा पनि शिक्षा कार्यालयले चासो नदिएको प्रअ ओझाले बताए ।

द्धन्द्धकालमा काज बसेका फिर्ता भएनन् 

यस्तै पश्चिम सुर्खेतकै सबैभन्दा बढी विद्यार्थी रहेको सरस्वती मावि, चेपाङमा प्रावितर्फ १४ बर्षदेखि पाँच जना मात्रै शिक्षक छन् ।  विद्यार्थी संख्या अनुपातमा सात शिक्षक आवश्यक पर्ने प्राविमा दरबन्दीका एक शिक्षक १४ बर्षदेखि घरपायक काजमा छन् । 

सशस्त्र द्धन्द्धको बेला असुरक्षा महसुस गर्दै काजमा बड्डीचौर सरुवा भएका शिक्षक धरमबहादुर महतारा अहिलेसम्म पनि नफर्केका हुन् । 

(नागरिक दैनिकमा प्रकाशित समाचार)

 

प्रतिक्रिया