Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

बाल क्लबमै पुस्तकालय स्थापना

शनिबार, १८ पुस २०७२

काठमाडौँ, १८ पुस । म्याग्दीको बेनी नगरपालिका–५ डम्मरामा बालबालिकालाई असल संस्कार सिकाई सबल र योग्य बनाउने उद्देश्यले बाल क्लब र बाल पुस्तकालय स्थापना गरिएको छ । 

स्थानीय समाजसेवी कृष्णबहादुर बानियाँको संरक्षकत्वमा सनराइज बाल क्लबको गठन गरिनुका साथै त्यस क्षेत्रमा रहेका ५० जना बालबालिकालाई राम्रो संस्कार सिकाउनका लागि बाल पुस्तकालयको समेत सञ्चालन गरिएको छ । 

सदरमुकाम बेनी बजारसँगै सिमाना जोडिएको डम्मरामा बसोबास गर्ने अधिकांश दलित र विपन्न बालबालिका विद्यालयमा अध्ययन गर्ने भए पनि उनीहरुको अनुशासनलगायतका चारित्रिक कुरा सुधार गर्न आवश्यक रहेकाले अभियान सञ्चालन गरिएको बानियाँले बताए ।

 “हाम्रा बालबालिकालाई राम्रो संस्कार सिकाइ उनीहरुको व्यक्तित्व विकास गराउनका लागि बाल क्लबको गठन गरी संस्थागतरुपमा नै कामको थालनी गरेका हौँ” बानियाँले भने । 

बालबालिकाको व्यक्तित्व विकास गर्न प्रेरणादायी र चेतनामूलक पुस्तक, पत्रपत्रिका रहेको बाल पुस्तकालय पनि स्थापना गरिएको बानियाँले बताए ।

(रासस) 

 

प्रतिक्रिया