Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

खाजा खर्च कटाएर शैक्षिक सामग्री सहयोग 

शनिबार, १८ पुस २०७२

काठमाडौँ, १८ पुस । खोटाङ जिल्लाको एक निजी विद्यालयका विद्यार्थीले आगलागीपीडित विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको छ । 

दिक्तेलस्थित माउण्ट एभरेस्ट इङ्ग्लिस बोर्डिङ स्कुलको कक्षा–९ मा अध्ययनरत छात्रछात्राले आफ्नो दैनिक खाजा खर्च कटाएर जम्मा गरेको रकमले शैक्षिक सामग्री खरिद गरेर दिक्तेल नगरपालिका–२ का आगलागीपीडित विद्यार्थीलाई प्रदान गरेको हो । 

विद्यार्थीले गत पुस २ गते दिक्तेल नगरपालिकाको रत्नपार्कमा भएको भीषण आगालागीबाट पीडित बनेका विद्यार्थीलाई स्कुल ब्याग, कापी, जमेट्रीबक्सलगायत शैक्षिक सामग्री खरिद गरेर प्रदान गरेको शिक्षक पार्जुन राईले जानकारी दिए ।  

शिक्षक राईका अनुसार दिक्तेल इङ्ग्लिस उच्च माविमा अध्ययनरत हीरालाल पुरीका दुई छोरी र एक छोरालाई रु १२ हजार बराबरको शैक्षिक सामग्री प्रदान गरेको हो ।  आगलागीपीडित पुरी परिवारलाई यसअघि उद्योग वाणिज्य सङ्घले रु दुई लाख ५८ हजार ४५१ र नेपाली काँग्रेस खोटाङले रु ४५ हजार राहत रकम प्रदान गरेको थियो ।

(रासस) 

 

प्रतिक्रिया