Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

बालबालिकालाई टहरामा पढ्दा समस्या

शनिबार, १८ पुस २०७२

काठमाडौँ, १८ पुस । भूकम्पबाट भवन भत्किएपछि महिनौसम्म विद्यालय बन्द रहे । तत्कालका लागी मात्र मान्द्रो र जस्तापाताबाट अस्थायी शिक्षण केन्द्र (टिएलसी) निर्माण गरिदियो । 

मान्द्रोका टहरा फाट्दै जादा अहिले बालबालिकालाई चिसो र होहल्लाका कारण पढ्न कठिन भएको छ। 

विद्यार्थीलाई बिहानीको कक्षामा सहभागी गराउनसमेत समस्या भएको छ। भूकम्पबाट भक्तपुरका ४१ सामुदायिक विद्यालय पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । 

ती विद्यालयले टिएलसी निर्माण गरेर कक्षा चलाइरहेका छन् । अस्थायी टहराको पढाई प्रभावकारी बन्न नसकेको शिक्षकहरुले गुनासो गरेका छन् । 

(कान्तिपुर दैनिकमा प्रकाशित)

प्रतिक्रिया