Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

लोडसेडिङमा सौर्य ऊर्जातर्फ विश्वविद्यालयहरु 

शनिबार, १८ पुस २०७२

काठमाडौँ, १८ पुस ।  मुलुकमा लोडसेडिङ बढिरहेका बेला विश्वविद्यालयहरु सौर्य उर्जातर्फ आकर्षित भएका छन् । कार्यालय समयमा विजुली उपलब्ध हुन नसक्ने र बैकल्पिक रुपमा व्यवस्था गरिएको जेनेरेटरसमेत डिजेलको अभावमा चलाउन नसकिने भएपछि सौर्य ऊर्जा प्लान्ट राख्ने विकल्प रोज्नु परेको जानकारी विश्वविद्यालयका अधिकारीहरुले दिएका छन् । 

काठमाडौँ विश्वविद्यालय (केयु) ले १० किलोवाटको सौर्य उर्जा जडान गर्न टेन्डर आह्वान गरेको छ। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले पनि सौर्य ऊर्जा जडान गर्न विश्व बंैकसित सहयोग गर्न समेत आग्रह गरेको छ। 

अन्य विश्वविद्यालयले समेत विद्युतको वैकल्पिक व्यवस्थातर्फ पहल गर्न लागेको जनाएका छन् ।  केयुले व्यवस्थापन संकायअन्तर्गत स्कुल अफ मेनेजमण्ट (कसुम)का लागी १० किलोवाट क्षमताको सोलार राख्न लागेको हो । 

यस्तै त्रिविले सिंगो किर्तिपुर क्षेत्रलाई वाईफाई जोन बनाउन सौर्य उर्जाको अनिवार्य आवश्यकता ठानेको छ। हाल त्रिविअन्तर्गत विश्व बैंकको सहयोगमा सञ्चालित उच्च शिक्षा परियोजना दोश्रो सुचारु छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयले समेत उक्त परियोजनामा सौर्य उर्जाका निम्ति प्रस्ताव गरेको नियन्त्रक केशव वास्तोलाले बताए । 

यस्तै त्रिविअन्तर्गतका आंिगक क्याम्पसहरुले समेत वैकल्पिक उर्जाको प्रस्ताव गरेको जनाएका छन् । 

(कान्तिपुर दैनिकमा गणेश राईले समाचार लेखेका छन्।)

प्रतिक्रिया