Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

मनमोहनलाई सम्बन्धन दिन कानुन फेरिदै 

शुक्रबार, १७ पुस २०७२

काठमाडौं, १७ पुस । सरकारले सहकारीबाट सञ्चालित मनमोहन मेडिकल कलेजलाई प्रतिष्ठानको स्वरुप दिन हतारहतार चोरबाटोबाट प्राविधिक महाविद्यालयसम्बन्धी नीति परिमार्जन गर्न लागेको छ ।

सरकारले चिकित्सा शिक्षा सम्बन्धी नयाँ नीति बनाउने प्रतिबद्धता जनाउँदै चिकित्सा शिक्षाको विकृति विरुद्ध सात पटक अनशन बसेका डा. गोविन्द केसीसँग पटक पटक सम्झौता गरेको थियो । 

ती सम्झौताअनुरुप बनेका समितिले तयार पारेको प्रतिवेदनसुमेत बुझिसकेको सरकारले फेरि पनि मनमोहन कलेजलाई नै सम्बन्धन दिने गरी चोरबाटोबाट पुरानै नीतिका बाझिने सर्त हटाउन लागेको छ ।

स्रोतका अनुसार नेपाल स्वास्थ्य सेवा सहकारी संस्थाबाट सञ्चालित मनमोहन अस्पताललाई एमबिबिएस र एमडीलगायत कोर्स पढाउने बाटो खोल्नकै सम्भावित सबै चोरबाटो पहिल्याउनेक्रममा यस्तो परिमार्जन गर्न लागेको हो ।

(नागरिक दैनिकमा दीपक दाहालले प्रकाशित)

प्रतिक्रिया