काठमाडौँ, १७ पुस । तीन दिनदेखि बन्द रहेको शैक्षिक प्रतिष्ठान बिहीबारदेखि सञ्चालन भएको छ ।
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोमाथि गरिएको आक्रमणको विरोधमा सो घटनाको भत्सर्ना गर्दै शैक्षिक प्रतिष्ठान बन्द गरिएको थियो ।
निजी तथा आवासीय विद्यालय एसोसिएसनका उपाध्यक्ष विश्वलाल सिंहका अनुसार विद्यालय पूर्ववत् रुपमा सञ्चालनमा आएका छन् ।
रासस
प्रतिक्रिया