Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

बुबाको स्मृतिमा क्याम्पसलाई कम्प्युटर !

विहीबार, १६ पुस २०७२

काठमाडौँ, १६ पुस । झापाका दुई युवाले आफ्ना बुबाको वार्षिक पुण्य तिथिमा बिर्तामोडस्थित देवी क्याम्पसलाई कम्प्युटर सहयोग प्रदान गरेका छन् ।  झापा गरामनी–९ निवासी स्वर्गीय शालिगराम पाठकको स्मृतिमा छोराहरु सागर र हिमाल पाठकले क्याम्पसलाई पाँच थान कम्प्युटर सहयोगस्वरुप बुधबार हस्तान्तरण गरेका थिए । 

विद्यालय परिसरमा आयोजित कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष हरिचरण शिवाकोटी र क्याम्पस प्रमुख लेखनाथ भट्टराईलाई कम्प्युटर हस्तान्तरण गरिएको थियो । 

अति विपन्न समुदायका विद्यार्थी अध्ययनरत रहेको उक्त क्याम्पसको शैक्षिक स्तरोन्नतिका लागि आगामी दिनमा समेत कम्प्युटर सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।  

रासस 

 

प्रतिक्रिया