Edukhabar
सोमबार, ०७ असोज २०८१
खबर/फिचर

शिक्षा ऐन संशोधनमा शिक्षक महासंघका नौ बुँदा

विहीबार, १६ पुस २०७२

काठमाडौं - शिक्षा ऐन संशोधन गर्न बनेको विधेयकमा गरिएको ब्यवस्था अपुग रहेको भन्दै शिक्षक महासंघले संशोधन गर्नु पर्ने बुँदाहरु सार्वजनिक गरेको छ । महासंघले अस्थायी शिक्षककाबारे गरिएको ब्यवस्था, परीक्षा बोर्डमा आफ्नो सहभागिता, आधारभूत शिक्षाको परिभाषा, द्धन्द्ध कालमा पेशाबाट हटाईएको शिक्षकको पुर्नवहाली लगायतका बुँदामा नौ वटा शंसोधन गर्नु पर्ने ठहर गरेको छ ।

एक वर्ष वा सो भन्दा कम अवधि कार्यरत वा कुनै एक तहमा स्थायी भइसकेका शिक्षक उम्मेदवार हुन नपाउने प्रावधानलाई हटाएर आन्तरिक प्रतिस्पर्धामा उम्मेदवार हुने शिक्षकको हकमा एक पटकका लागि उमेरको हद नलाग्ने ब्यवस्था थप गर्नु पर्ने महासंघको भनाई छ ।

प्राथमिक, निम्न माध्यमिक माध्यमिक तहमा कार्यरत शिक्षकको लागि क्रमशः २१ महिना, १८ महिना र १२ महिना बराबरको औषधि उपचार खर्च दिनु पर्ने महासंघको संशोधन छ ।

महासंघले संशोधन गर्न आवश्यक ठानेका बुँदा र यसको कारण यस प्रकार छन् :

शिक्षा ऐन संशोधन गर्न बनेको विधेयक २०७२ मा संशोधन गर्नु पर्ने बुदाहरु

१.
हाल संशोधन गर्न विधेयकमा भएको

दफा २ को (१) (ख१) “आधारभुत शिक्षा“ भन्नाले  कक्षा एक देखि आठ कक्षासम्म दिइने शिक्षा सम्झनु पर्छ।

संशोधन हुनु पर्ने

दफा २ को (१) (ख१) “आधारभुत शिक्षा“ भन्नाले  वालविकास केन्द्र( शीशु कक्षा) देखि आठ कक्षासम्म दिइने शिक्षा सम्झनु पर्छ।

कारण
वालविकास केन्द्रलाई विद्यालय संरचना भित्र ल्याउन तथा आधार शिक्षालाई ९ बर्षको बनाई अन्तराष्ट्रिय स्तरको मापदण्डमा पुर्याउनका लागि

२.
हाल संशोधन गर्न विधेयकमा भएको

“४ क. बोर्ड गठन (२) बोर्डको गठन देहाय बमोजिम हुनेछस्

(क)    शिक्षाविद् वा परीक्षा सम्बन्धी विज्ञहरुमध्येबाट नेपाल सरकारले नियुक्त्त गरेको व्यक्ति    (अध्यक्ष

(ख)    मन्त्रालयको सचिव –उपाध्क्ष

(ग)    मन्त्रालयको सह(सचिव (विद्यालय शिक्षा हेर्ने) –सदस्य
(घ)    महानिर्देशक, शिक्षा विभाग –सदस्य

(ङ)    कार्यकारी निर्देशक, पाठ्यक्रम विकास केन्द्र      (सदस्य

(च)    सदस्य(सचिव, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्(सदस्य

(छ)    परिक्ष नियन्त्रक, त्रि.वि. –सदस्य

(ज)    प्राध्यापक, शिक्षा प्रशासन र परीक्षा क्षेत्रमा कम्तीमा दश वर्षको अनुभव प्राप्त गरी विशेषज्ञता हासिल गरेको व्यक्तिहरुमध्येबाट मन्त्रालयले मनोनित गरेको एकजना –सदस्य

(झ)    सामुददायिक तथा संस्थागत माध्यमिक विद्यालयका प्रधानाध्यपकहरुमध्यबाट कम्तीमा एकजना महिला सहित मन्त्रालयले मनोनित गरेको दुईजना –सदस्य

(ञ)    नेपाल शिक्षा सेवाको राजपत्रांकित प्रथम श्रेणीको अधिकृत वा बोर्डको वरिष्ठ ककर्मचारीहरु मध्येबाट मन्त्रालयले तोकेको कर्मचारी ( सदस्य-सचिव

संशोधन हुनु पर्ने

“४ क. बोर्ड गठन (२) बोर्डको गठन देहाय बमोजिम हुनेछस्

(क)    शिक्षाविद् वा परीक्षा सम्बन्धी विज्ञहरुमध्येबाट नेपाल सरकारले नियुक्त्त गरेको व्यक्ति    (अध्यक्ष

(ख)    मन्त्रालयको सचिव –उपाध्क्ष

(ग)    मन्त्रालयको सह(सचिव (विद्यालय शिक्षा हेर्ने) –सदस्य

(घ)    महानिर्देशक, शिक्षा विभाग –सदस्य

(ङ)    कार्यकारी निर्देशक, पाठ्यक्रम विकास केन्द्र      (सदस्य

(च)    सदस्य(सचिव, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्(सदस्य

(छ)    परीक्षा नियन्त्रक, त्रि.वि. –सदस्य

(ज)    अध्यक्ष र प्रतिनिधि, नेपाल शिक्षक महासंघ – थप गर्नु पर्ने

(झ)    प्राध्यापक, शिक्षा प्रशासन र परीक्षा क्षेत्रमा कम्तीमा दश वर्षको अनुभव प्राप्त गरी विशेषज्ञता हासिल गरेको व्यक्तिहरुमध्येबाट मन्त्रालयले मनोनित गरेको एकजना –सदस्य

(ञ)    सामुददायिक तथा संस्थागत माध्यमिक विद्यालयका प्रधानाध्यपकहरुमध्यबाट कम्तीमा एकजना महिला सहित मन्त्रालयले मनोनित गरेको दुईजना –सदस्य

(ट)    नेपाल शिक्षा सेवाको राजपत्रांकित प्रथम श्रेणीको अधिकृत वा बोर्डको वरिष्ठ ककर्मचारीहरु मध्येबाट मन्त्रालयले तोकेको कर्मचारी ( सदस्य(सचिव

कारण
परीक्षालाई मर्या्दित र व्यवस्थित बनाउन शिक्षकका पेशागत समुदायको सकृय समलग्नताको लागि परिचालन गर्न सजिलो हुने हुदा

३.
हाल संशोधन गर्न विधेयकमा भएको

“११च.(१) संवत २०६१ साल साउन २१ गतेसम्म रिक्त भई पदपूर्ति हुन नसकेको दरबन्दीमा संवत् २०४९ साल पौष २० गते भन्दा अघि अस्थायी पाई यो दफा प्रारम्भ हुदाको वखतसम्म अविछिन्न रुपमा कार्यरत अस्थायी शिक्षक,

(२) उपखण्ड (१) बमोजिमका शिक्षकको लागि आवश्यक पर्ने दरबन्दी छुट्याई सो खण्ड बमोजिमको अवधिसम्म रिक्त भई पदपूर्ति हुन नसकेको दरबन्दी वा सो दरबन्दीको लियन पदमा सोही मितिसम्ममा अस्थायी शिक्षकको रुपमा नियुक्त वा आधारभुत तथा प्राथमिक शिक्षा परियोजना अन्तर्गत नियुक्त भई यो दफा प्रारम्भ हुदाको वखतसम्म अविछीन्न रुपमा कार्यरत अस्थायी शिक्षक,

(३) समवत् २०६१ साल साउन २२ गते पछि संवत् २०६३ साल बैशाख १० गतेसम्म रिक्त रहेका कुल दरबन्दी उनान्चास प्रतिशत पदमा त्यस्तो दरबन्दी वा सो दरबन्दीको लियन पदमा अस्थायी वा सट्टा शिक्षकको रुपमा संवत् २०६९साल पुष १९ गते को विज्ञापन हुदाको वखतसम्म अविच्छिन्न रुपमा कार्यरत अस्थायी शिक्षक, तर एक वर्ष वा सो भन्दा कम अवधि कार्यरत वा कुनै एक तहमा स्थायी भइसकेका शिक्षकले यस उपखण्ड बमोजिम उम्मेदवार हुन पाउने छैन ।

संशोधन हुनु पर्ने

“११च.(१) संवत २०६१ साल साउन २१ गतेसम्म रिक्त भई पदपूर्ति हुन नसकेको दरबन्दीमा संवत् २०४९ साल पौष २० गते भन्दा अघि अस्थायी पाई यो दफा प्रारम्भ हुदाको वखतसम्म अविछिन्न रुपमा कार्यरत अस्थायी शिक्षक, (२) उपखण्ड (१) बमोजिमका शिक्षकको लागि आवश्यक पर्ने दरबन्दी छुट्याई सो खण्ड बमोजिमको अवधिसम्म रिक्त भई पदपूर्ति हुन नसकेको दरबन्दी वा सो दरबन्दीको लियन पदमा सोही मितिसम्ममा अस्थायी शिक्षकको रुपमा नियुक्त वा आधारभुत तथा प्राथमिक शिक्षा परियोजना अन्तर्गत नियुक्त भई यो दफा प्रारम्भ हुदाको वखतसम्म अविछीन्न रुपमा कार्यरत अस्थायी शिक्षक,

(३) समवत् २०६१ साल साउन २२ गतेदेखि हालसम्म रिक्त रहेका कुल दरबन्दी उनान्चास प्रतिशत पदमा त्यस्तो दरबन्दी वा सो दरबन्दीको लियन पदमा अस्थायी वा सट्टा शिक्षकको रुपमा संवत् २०६९साल पुष १९ गते को विज्ञापन हुदाको वखतसम्म अविच्छिन्न रुपमा कार्यरत अस्थायी शिक्षक,(तर एक वर्ष वा सो भन्दा कम अवधि कार्यरत वा कुनै एक तहमा स्थायी भइसकेका शिक्षकले यस उपखण्ड बमोजिम उम्मेदवार हुन पाउने छैन।)( हटाउनु पर्ने

(४) उपखण्ड (१), (२) र (३) बमोजिम आन्तरिक प्रतिस्प्रधामा उम्मेदवार हुने शिक्षकको हकमा एक पटकका लागि उमेरको हद लाग्ने छैन। (थप गर्नु पर्ने

४.
हाल संशोधन गर्न विधेयकमा भएको

“११च.(घ७) उफदफा (१)को खण्ड (ख) को प्रतिबन्धात्म वाक्यांशको उपखण्ड (१) र (२) बमोजिम विज्ञापनबाट स्थायी हुने शिक्षकले अवकाश हुदाँ निवृत्तभरण पाउने अवस्था नभएमा सो प्रयोजनका लागि निजको सात बर्षसम्मको अस्थायी सेवा अवधि जोड्न सकिनेछ

संशोधन हुनु पर्ने

“११च.(घ७) उफदफा (१)को खण्ड (ख) को प्रतिबन्धात्म वाक्यांशको उपखण्ड (१) र (२) बमोजिम विज्ञापनबाट स्थायी हुने, २०५२ सालको आयोगको विज्ञापन र त्यस यताका सबै विज्ञापनबाट स्थायी शिक्षकले अवकाश हुदाँ निवृत्तभरण पाउने अवस्था नभएमा सो प्रयोजनका लागि निजको सात बर्षसम्मको अस्थायी सेवा अवधि जोड्न सकिनेछ

५.
संशोधन हुनु पर्ने
“११(घ८) (क) (ख) (ग) पछि (घ) थपस्( प्राथमिक, निम्न माध्यमिक त माध्यमिक तहमा कार्यरत शिक्षकको लागि क्रमशस् २१ महिना, १८ महिना र १२ महिना बराबरको औषधि उपचार खर्च दिईने छ। ( थप गर्नु पर्ने)

६.
संशोधन हुनु पर्ने
मुल ऐनको दफा ११ मा थपस्( मुल ऐनको दफा ११च. (११) “२०५२ सालको वेदनीधि निराला आयोगको सिफारिसमा पुनर्वाहाली हुन छुटेका तथा २०५२ पछिको द्वन्दकाल  अवधिमा विभिन्न कारणले पेशाबाट हटाईएका शिक्षक कर्मचारीको पुनर्वाहालीको सिफारीसका लागि छानविन आयोग गठन गरिने छ।– (थप्नु पर्ने)

कारण
वृहत शान्ति सम्झौताको मर्म अनुसार शिक्षकको पुर्वाहाली गर्न आवश्यक भएकोले

७.
हाल संशोधन गर्न विधेयकमा भएको
मूल ऐनको दफा ११ड. मा संशोधन( “(६ङ) अध्यापन अनुमतिपत्र सम्बन्धि विषयमा आयोगलाई सुझाव दिने प्रयोजनका लागि शिक्षकहरुको पेशागत संस्थाबाट सिफारिस भएका विशेषज्ञ समेत रहने गरी तोकिएबमोजिम एक शिक्षक काउन्सिल रहनेछ।“

संशोधन हुनु पर्ने
मूल ऐनको दफा ११ड. मा संशोधन( “(६ङ) अध्यापन अनुमतिपत्र सम्बन्धि विषयमा आयोगलाई सुझाव दिने प्रयोजनका लागि नेपाल शिक्षक महासंघबाट सिफारिस भएका विशेषज्ञ समेत रहने गरी तोकिएबमोजिम एक शिक्षक काउन्सिल रहनेछ।“

८.
हाल संशोधन गर्न विधेयकमा भएको
मुल ऐनको दफा १६घ. मा संशोधन(  दफा १६घ.को उपदफा (२) (१ख)सबै बालबालिकालाई आधारभुत तहसम्मको शिक्षा अनिवार्य र निस्शुल्क तथा माध्यामिक तहसम्म निस्शुल्क शिक्षा प्रदान गर्नको लागि नेपाल सरकारले आवश्यक स्रोतको व्यवस्था गर्ने छ।

संशोधन हुनु पर्ने
मुल ऐनको दफा १६घ. मा संशोधन(  दफा १६घ.को उपदफा (२) (१ख)सबै बालबालिकालाई आधारभुत तहसम्मको शिक्षा अनिवार्य र निस्शुल्क तथा माध्यामिक तहसम्म निस्शुल्क शिक्षा प्रदान गर्नको लागि नेपाल सरकारले आवश्यक स्रोतको व्यवस्था (हटाउनु पर्ने) गर्ने छ।


हाल संशोधन गर्न विधेयकमा भएको
मुल ऐनमा दफा १६ङ मा संशोधन
(क)    दफा शिर्षकमा रहेका “शिक्षकको पदिय आचरण“ भन्ने शब्दहरुको सट्टा “ शिक्षक तथा कर्मचारीको पदीय आचरण“ भन्ने शब्दहरु राखीएका छन्।

(ख)    उपदफा (५) मा रहेको “देहायका अवस्थामा शिक्षकलाई“ भन्ने शब्दको सट्टा “देहायका अवस्थामा शिक्षक वा कर्मचारीलाई“ भन्ने शब्दहरु राखी सोहि उपदफाको खण्ड(ङ) पछि देहायका खण्ड (च) र (छ)थपिएका छन्स्

“(च) सामुदायिक विद्यालयका शीक्षक वा कर्मचारीले कार्यालय समयमा अन्यत्र अध्यापन वा काम गरेमा वा कुनै व्यावसायिक क्रियाकलाप गरेमा,

(छ) शिक्षक वा कर्मचारी राजनीतिक दलको सदस्य रहेको पाइएमा“

संशोधन हुनु पर्ने
मुल ऐनमा दफा १६ङ मा संशोधन(

(क)    दफा शिर्षकमा रहेका “शिक्षकको पदिय आचरण“ भन्ने शब्दहरुको सट्टा “ शिक्षक तथा कर्मचारीको पदीय आचरण“ भन्ने शब्दहरु राखीएका छन्।

(ख)    उपदफा (५) मा रहेको “देहायका अवस्थामा शिक्षकलाई“ भन्ने शब्दको सट्टा “देहायका अवस्थामा शिक्षक वा कर्मचारीलाई“ भन्ने शब्दहरु राखी सोहि उपदफाको खण्ड(ङ) पछि देहायका खण्ड (च) र (छ)थपिएका छन्स्

“(च) सामुदायिक विद्यालयका शीक्षक वा कर्मचारीले कार्यालय समयमा अन्यत्र अध्यापन वा काम गरेमा वा कुनै व्यावसायिक क्रियाकलाप गरेमा,
        (छ) शिक्षक वा कर्मचारी राजनीतिक   दलको सदस्य रहेको पाइएमा“ हटाउनु पर्ने

गत सोमबार संसदमा छलफल शुरु भएको ऐनमा विभिन्न दलका साँसदले शँसोधन दर्ता गर्ने क्रम शुरु भएको छ । महासंघले उक्त संशोधनलाई विभिन्न दलमा बुझाएको आधारमा संशोधन दर्ता गरिएको हो ।
पढ्नुहोस् :

निजी शिक्षण संस्थाहरुको संगठन अपीनले पनि छुट्टै संशोधन दर्ता गर्ने तयारी अनुसार छलफल चलाईरहेको छ ।

प्रकाशित मिति २०७२ पुस १६ गते

प्रतिक्रिया