Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

२ महिनामात्र खुल्छन् विद्यालय 

विहीबार, १६ पुस २०७२

काठमाडौँ, १६ मंसिर । ‘बैशाख पहिलो सातातिर किरा टिप्न लेक गइहाल्छौँ । भदौ पहिलो सातामात्र फर्किन्छौँ’ स्कुलका पढाई छुट्नेबारे जानकारी दिदै बझाङकी धुली निमावि काडाँमा ७ कक्षामा अध्ययरनत डोल्मा लामाले भनिन् । 

विद्यालयमा भदौदेखि दशैँ विदा नहुञ्जेल पढाई हुन्छ । दशै तिहार विदापछि जाडो शुरु भइहाल्छ । ‘हिउदभरी स्कुल खुल्दैन । एकचोटी चैतमा परीक्षा हुन्छ’ उनले भनिन् ‘एक बर्षमा त्यै २ महिनाजति स्कुल खुल्छ होला ।’

डोल्मामात्र बर्षमा २ महिना पढेर परीक्षा दिने विद्यार्थी होइनन् । जिल्लाको उत्तरी भेगका २ दर्जनभन्दा बढी विद्यालयका ३ हजारभन्दा बढी छात्रछात्रा धेरै बर्षदेखि यही नियति भोगिरहेका छन् । 

यार्सागुम्बा संकलन हुने गाविस काडाँ, सुर्मा, दौलिचौर, मेलबिसौना, दहबगर र जयपृथ्वी नगरपालिकाको सुइल, मयाना, गजौन र बारिलका २४ भन्दा बढी विद्यालयका विद्यार्थी बैशाखदेखि साउनभर यार्सा टिप्न जान्छन् । 

हिउदमा चिसोका कारण मंसिरको दोश्रो सातादेखि फागुनसम्म स्कुल चलाउनै सकिदैन् । 

बर्षमा २ महिनामात्र विद्यालय खुल्ने समस्याका कारण सबैभन्दा बढी मार काडाँ गाविसका विद्यार्थीको पढाईमा परेको छ।  त्यहाँका ५ विद्यालयमा ६ य ५२ विद्यार्थी अध्ययनरत छन् । बर्षमा कम्तिमा २ सय २० दिन विद्यालय खुल्नुपर्ने र  कम्तीमा २ सय १० दिन कक्षा सञ्चालन हुनुपर्ने व्यवस्था छ । 

तर बझाङका विद्यार्थीले ६० देखि ७० दिनमात्र कक्षा लिएको भरमा परीक्षा दिनुपर्ने बाध्यता छ । 

(कान्तिपुर दैनिकमा प्रकाशित)

 

प्रतिक्रिया