Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

सातादेखि काठमाडौँ विश्वविद्यालयमा ताला 

विहीबार, १६ पुस २०७२

काठमाडौँ, १६ पुस । अखिल (क्रान्तिकारी)ले काठमाडौँ विश्वविद्यालयले निकालेको पुरानो मेरिट लिस्ट खारेज गर्न माग गर्दै सातादेखि तालाबन्दी गरेको छ । 

संगठनले नयाँ मेरिट लिस्टका आधारमा विद्यार्थी भर्ना गर्न माग गर्दै उपकूलपति र स्कुल अफ मेडिकल साइन्सको डिन कार्यालयमा अनिश्चितकालिन ताला लगाएको थियो । 

आर्थिक चलखेलबाट तयार गरिएको सुची खारेज गर्नुपर्ने र अनियमिततामा सलंग्न डिन र पदाधिकारीलाई निलम्बन गर्नुपर्ने लगायत उनीहरुको माग छ। 

कार्यालयमा तालाबन्दीपछि उपकुलपति डा.रामकण्ठ माकजुले धुलिखेल अस्पतालस्थित कार्यालयबाटै दैनिक प्रशासनिक काम सञ्चालन गरिरहेका छन् । 

मेरिट लिस्टका आधारमा भर्ना नलिने र एमबिबिएसका लागी २५ लाख र बिडिएसमा १८ लाखभन्दा बढी लिने कलेजको सम्बन्धन खारेज गर्न पनि माग गरिएको अध्यक्ष पूर्णबहादुर सिंहले जानकारी दिए । 

विदेशी विद्यार्थीलाई जसरी पनि पास गराउन चिट चोराउने, प्रश्नपत्र परीक्षा अगावै दिने र प्रहरी प्रशासनको उपस्थितीबिनै परीक्षा लिएको विद्यार्थीको आरोप छ। 

शिक्षामन्त्री, नेपाल मेडिकल काउन्सिल र विश्वविद्यालयलाई बोधार्थ दिएको पत्रमा संगठनसंगको सहमति, सर्वोच्चको आदेश र माथेमा आयोगको निर्देशनअनुसार अघि बढ्न आग्रह गरिएको छ। 

(कान्तिपुर दैनिकमा प्रकाशित)

 

प्रतिक्रिया