Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

डा. केसीद्धारा फेरी एक साताको अल्टिमेटम !

विहीबार, १६ पुस २०७२

काठमाडौँ, १६ पुस । प्रा.डा. गोविन्द केसीले सरकारलाई चिकित्सा शिक्षा नीति निर्माणसंगै तत्काल मेडिकल शिक्षासम्बन्धि सम्पूर्ण निर्णयहरु गर्ने जिम्मेवारीसहित चिकित्सा शिक्षा आयोग बनाउन एक साताको अल्टिेमेटम दिएका छन् । 

उनले सरकारले माग पुरा नगरे सशक्त विरोधको कार्यक्रम ल्याउने चेतावनीसमेत दिए ।  डा. केसीले विज्ञप्ती निकालेर सरकारलाई सो अल्टिमेटम दिएका हुन् । 

नयाँ चिकित्सा शिक्षा नीति ऐनका रुपमा जारी नहुदाँसम्म सम्बन्धन, विस्तारित कार्यक्रम, प्रतिष्ठान वा अरु कुनै पनि बाहनामा चिकित्सा विषयका नयाँ शिक्षण संस्थाहरु नल्याउन सरकारलाई सचेतसमेत गराएका छन् । 

विज्ञप्तीमा आफैले गरेको समझदारी र मन्त्रीपरिषदले गरेका निर्णयलाई समेत लत्याउदैँ सुधारको प्रक्रियामा अवरोध जारी राखिएमा नयाँ चरणका सशक्त कार्यक्रमहरु घोषणासमेत गरिने उल्लेख  छ। 

(कान्तिपुर दैनिकमा प्रकाशित)

 

प्रतिक्रिया