Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

बहिरा विद्यालय सञ्चालनमा समस्या

बुधबार, १५ पुस २०७२

काठमाडौँ, १५ पुस । मोरङमा आर्थिक अभावका कारण बहिरा माध्यमिक विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गर्न समस्या भइरहेको विद्यालयले जनाएको छ । 

मङ्गलबार बेलुका विराटनगरमा भएको ‘बहिरा बालबालिकाको शिक्षाको वर्तमान अवस्था तथा प्राविधिक शिक्षामा पहुँच’ विषयक अन्तरक्रियामा विद्यालयका व्यवस्थापन समिति अध्यक्ष रमेशचन्द्र पौडेलले आर्थिक अभावका कारण विद्यालयमा सञ्चालित प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्न समस्या भएको बताए ।  

उनले विद्यालयमा माध्यमिक तहसम्मको मात्रै अध्ययन हुने हुँदा प्राविधिक शिक्षा अध्ययन गरेका बहिरा बालबालिकाले एसएलसी पछिको पढाइलाई निरन्तरता दिन समस्या भइरहेको जानकारी दिए । 

बहिरा बालबालिकाको क्षमता अभिवृद्धि र उनीहरुलाई स्वरोजगार बनाउने लक्ष्यका साथ विद्यालयमा प्राविधिक शिक्षा सुरु गरिएको भए पनि विद्यालयमा माध्यमिक तहसम्म मात्रै अध्ययन हुने हुँदा विद्यार्थीको भविष्य नै अन्योलमा परेको विद्यालयले जनाएको छ । विराटनगरका रहेका विराट बहिरा माध्यमिक विद्यालयमा पूर्वाञ्चलका १८ वटा जिल्लाका १५१ जना बालबालिका अध्ययनरत छन् । 

(रासस)

 

प्रतिक्रिया