Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

विद्यार्थीलाई न्यानो कपडा वितरण

बुधबार, १५ पुस २०७२

काठमाडौँ, १५ पुस । नेपाली काँग्रेस तोपगाछी गाउँ समितिले मङ्गलबार कमला मदन आश्रित स्मृति उच्च मावि तोपगाछी–८ का विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । 

पार्टीले गएको तिहारमा सञ्चालन गरेको देउसी, भैलो कार्यक्रमबाट प्राप्त सहयोगको केही रकमले स्विटर किनेर विपन्न तथा दलित तथा सीमान्तकृत समुदायका २० जना बालबालिकालाई वितरण गरेको हो । 

सो कार्यक्रम नेपाली काँग्रेसका तर्फबाट समानुपातिक सांसद महेन्द्रकुमारी सुब्बाको प्रमुख आतिथ्यतामा भएको थियो । सो अवसरमा सांसद सुब्बाले शिक्षा क्षेत्र राजनीतिबाट मुक्त हुनुपर्ने बताए ।  

(रासस) 

 

प्रतिक्रिया