Edukhabar
विहीबार, १३ मंसिर २०८१
अन्तैवाट

अब एफएममा हैन स्कुलमा 'फोनइन'

बुधबार, १५ पुस २०७२

काठमाडौं १५ पुस / एफएम रेडियोमा ‘फोनइन’ कार्यक्रम चलेको त सुन्नु भएकै होला । तर मधेसका सामुदायिक विद्यालयको पठनपाठन लथालिङ्ग भइरहेको गुनासो बढिरहेका बेला यहाँको एक स्कुलले फोनइन सुरू गरेको छ ।
महोत्तरी जिल्लाको बर्दिवास–४ गौरीडाँडास्थित जनता माविको पठनपाठन व्यवस्थापनले अभिभावकको मन तानेको छ ।

प्राथमिक तहदेखि माध्यमिक तहसम्म पठनपाठन भइरहेको सो विद्यालयले विद्यार्थी भर्नादेखि उपस्थितिसम्मको कुरालाई प्रभावकारी बनाउन सञ्चालन गरेको 'फोनइन' कार्यक्रमले आमअभिभावकको मन खिचेको हो ।

मधेस आन्दोलनका नाउँमा जिल्लाका बर्दिवास नगरपालिका क्षेत्र र खयरमारा गाविसभित्रका बाहेक सबैजसो विद्यालय बन्द रहेका बेला आफ्ना प्रत्येक विद्यार्थीको सोधखोजका लागि विद्यालयले सञ्चालन गरेको 'फोनइन' कार्यक्रमले विद्यार्थी उपस्थितिलाई नियमित बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

घरकै कामले कुनै दिन आफ्ना छोराछोरी विद्यालय जान नसकेका दिन प्रधानाध्यापकले अभिभावकलाई फोन गरेर तत्काल विद्यार्थी ल्याइदिन अनुरोध गर्ने गरेकाले अब खासै उपयुक्त कारण बाहेक आफ्ना छोराछोरी सधैँ विद्यालय जाने गरेको गौरीडाँडाकै बासिन्दा अभिभावक गीता खतिवडाले बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापकले विद्यार्थीमा पठनपाठनको रुचि, समस्या र अभिभावकले ध्यान दिनुपर्ने कुरा फोनबाटै जानकारी दिएपछि घरमा नानीहरुको देखभाल गर्न निकै सहयोग हुने गरेको अभिभावकले बताएका छन् ।

नागरिकमा खबर छ ।

प्रतिक्रिया