Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

आन्दोलनले विद्यार्थीको भविष्य अन्योलमा 

बुधबार, १५ पुस २०७२

काठमाडौँ, १५ पुस । संविधान जारी भएसंगै तराईमा भएको आन्दोलनका कारण विद्यार्थीको भविष्य अन्योलमा परेको छ।  तराईमा लगातार आन्दोलन हुँदा विद्यार्थी शिक्षाबाट बञ्चित भइरहेका छन् । शैक्षिक सत्रको अन्त्यतिर पुग्न लाग्दा पनि आन्दोलनका कारण तराईका विद्यालय सञ्चालनमा आउन सकेका छैनन् । 

विद्यालय सञ्चालन हुन नसक्दा लाखौ बालबालिका शिक्षाको उज्यालोबाट बञ्चित भएका हुन् । पहाडमा भूकम्पले गर्दा विद्यालय जान नपाएका विद्यार्थी तराईमा भने आन्दोलनका कारण जान पाएका छैनन् । 

जसले गर्दा यस बर्षको शैक्षिक अवस्था निराशाजनक हुने भएको छ। तराईमा आन्दोलनका कारण विद्यार्थीको भविष्य अन्योलमा परेको भन्दै मंगलबार हेटौडाँमा आयोजित एक कार्यक्रमका सहभागीले आक्रोश पोखेका छन् । शिक्षा मन्त्रालय तथा शिक्षा विभागको आयोजनामा मधेसका जिल्लामा सञ्चालित शैक्षिक कार्यक्रम कार्यान्वयन प्रभावकारिता अभिबृद्धिको छलफलमा सहभागीले यस्तो आक्रोश पोखेका हुन् । 

लामो समयदेखि विद्यालय सञ्चालनमा आउन नसक्दा समस्या भएको क्षेत्रीय शिक्षा निर्देशनालय हेटौडाका उपनिर्देशक बद्रीबहादुर पाठकले बताए । 

(राजधानी दैनिकमा प्रकाशित)

प्रतिक्रिया