Edukhabar
सोमबार, ०७ असोज २०८१
खबर/फिचर

पूर्वाञ्चल विश्वविद्यालयको तालाबन्दी खुल्यो

मंगलबार, १४ पुस २०७२

काठमाडौं - तोकिएका सीट संख्या भन्दा बढी विद्यार्थी भर्ना गर्ने कलेजलाई छानविन गरी एक महिना भित्र कारवाहिको दायरामा ल्याउने लगायतका १२ बुँदे सहमतीसंगै पूर्वाञ्चल विश्वविद्यालयको काठमाडौं कार्यालयमा भएको तालाबन्दी खुलेको छ । यसका लागी समिति गठन गरी सरोकारवालाहरुको सहभागितामा एक कार्यदल समेत बनाई आगामी फागुन मसान्त सम्म कार्य सम्पादन तथा छात्रबृत्तिमा देखिएका समस्या छानविन गरी सार्वजनिक गर्ने सहमती पनि भएको छ । विप्लव निकट अखिल क्रान्तिकारीले ताला लगाएको थियो ।

विद्यार्थी सँग वार्ता गर्न विश्वविद्यालयले गठन गरेको समितिका संयोजक प्रा.डा.शुभनारायण पाठक र संगठनका विश्वविद्यालय संयोजक नरेन्द्र विक लगायत विच सहमती पत्रमा हस्ताक्षर भएको छ । विश्वविद्यालयमा कार्यरत शिक्षक कर्मचारीका समस्या सहित अन्य समस्यालाई पनि सम्बोधन गर्ने सहमती भएको छ ।

यसैगरी शुल्कमा एक रुपता कायम गर्न शुल्क निर्धारण समिति गठन गर्ने पनि सहमती भएको छ । यस्तै परीक्षा सकिएको ३ महिना भित्र परीक्षाफल प्रकाशित गर्ने, विश्वविद्यालयबाट हुने अनुगमन प्रभावकारी बनाउने लगायतका सहमती भएका छन् ।

प्रकाशित मिति २०७२ पुस १४ गते

प्रतिक्रिया