Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

शिक्षा विधेयक २०७२ सर्वसम्मतिबाट स्वीकृत

मंगलबार, १४ पुस २०७२

काठमाडौँ, १४ पुस । व्यवस्थापिका संसदले शिक्षा विधेयक २०७२ (आठौँ संशोधन) लाई सर्वसम्मतिले स्वीकृत गरेको छ।  नयाँबानेश्वरस्थित संसद भवनमा सोमबार दिउँसो बसेको संसद बैठकमा शिक्षामन्त्री गिरीराजमणी पोखरेलले संशोधन विधेयकलाई विचार गरियोस भनी प्रस्तुत गरेका थिए । 

विधेयकको विपक्षमा कुनै सांसदले मत नदिएपछि सभामुख ओनसरी घर्तीले विधेयक सर्वसम्मतिले स्वीकृत घोषणा गरेकी थिइन् ।  विधेयक स्वीकृत अघि संसद बैठकमा सांसदहरुले विधेयकको औचित्य र आवश्यकताबारे आ आफ्नो तर्क राखेका थिए । 

नेपालको शिक्षा प्रणाली पुरानो तर्क ऐन २०२८ अनुसार सुचारु भएपनि समयानुकुल ऐन परिमार्जन गरी शिक्षामा गुणस्तरीयता ल्याउन आवश्यक रहेको सांसदलहरुले जोड दिएका थिए । 

(गोरखापत्र दैनिकमा प्रकाशित)

प्रतिक्रिया