Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

उच्च शिक्षाका लागी विदेशिने क्रम रोकिएन 

मंगलबार, १४ पुस २०७२

काठमाडौँ, १४ पुस । राजनीतिक कारणले मुलुकको अर्थव्यवस्था लथालिङ्ग बने पनि उच्च शिक्षाका लागी विदेशिन चाहने नेपाली विद्यार्थीको लर्को घट्न सकेको छैन् ।  नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो चार महिनाको अवधिमा उच्च शिक्षाका लागी विदेशिने नेपाली विद्यार्थीबाट ६ अर्ब १२ करोड ८० लाख रकम रुपिँया विदेशिएको छ । 

शिक्षा मन्त्रालयको तथ्यांकअनुसार सो अवधिमा करिब नौँ हजार विद्यार्थीले विदेश पढ्नैका लागी भनेर ‘नो अब्जेक्सन लेटर’पनि लिएका छन् । 

नेपाल राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पंगेनीले उच्च शिक्षा अध्ययनका लागी गत आर्थिक बर्ष २०७१÷७२ को पहिलो चार महिनामा ६ अर्ब ३२ करोड  ३६ लाख रुपिंया र त्यसभन्दा अघिल्लो बर्षको पहिलो चार महिनामा पाँच अर्ब ६४ करोड ५० लाख रुपिँया विदेशिएको छ। 

शिक्षा मन्त्रालयका अनुसार गत बर्ष मात्रै ३० हजार ६ सय ९६ विद्यार्थीले नो अब्जेक्सन लेटर लिएका छन् । 

(गोरखापत्र दैनिकमा प्रकृति अधिकारीले समाचार लेखेका छन्।)

प्रतिक्रिया