Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

भूकम्प प्रभावित क्षेत्रमा २ सय ३६ स्कुल 

मंगलबार, १४ पुस २०७२

काठमाडौँ, १४ पुस । कांग्रेस सांसद गगन थापाको नतृत्वमा सञ्चालन भएको ‘मिलेर बनाऔँ विद्यालय अभियान’ अन्तर्गत २ सय १५ अस्थायी र २१ स्थायी विद्यालय निर्माण भएको छ । 

बैशाख १२ गतेको भूकम्पपछि थापाले आफ्नै नेतृत्वमा  ‘सहयोगी हातहरु’ अभियान शुरु गरेका थिए । त्यसैअन्तर्गत विद्यालय निर्माण अभियान सञ्चालन भएका थिए । 

थापाले  थालेको अभियानमा सहयोग गर्ने ३१ दातालाई सोमबार नक्सालस्थित केन्द्रिय बहिरा उच्च माविमा आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति डा.रामवरण यादवले सम्मान गरेका थिए । 

सांसद थापाले सरकारले जेठ १७ देखि विद्यालय सञ्चालन ल्याउने भनेपछि आफुहरुले जेठ १० बाट भूकम्पप्रभावित क्षेत्रमा ‘मिलेर बनाऔँ विद्यालय अभियान’ सञ्चालन गरिएको बताए । 

(आजको कान्तिपुर दैनिकमा प्रकाशित समाचार)

प्रतिक्रिया