Edukhabar
मंगलबार, २७ कार्तिक २०८१
खबर/फिचर

नमुना विद्यालय भवन निर्माणको थालनी

सोमबार, १३ पुस २०७२

काठमाडौं - भूकम्पले भत्काएका विद्यालयहरुको पुर्ननिर्माण गर्न शुरु अभियानले दोश्रो चरणमा नमुना विद्यालय भवन निर्माण गर्ने भएको छ । सहयोगी हातहरू मिलेर बनाऔ विद्यालय अभियान नामक अभियानले विभिन्न ब्यक्ति तथा संस्थाबाट संकलित ४० हजार यूरोको लागतमा केन्द्रीय वहिरा उच्च मावि नक्सालको भवन बनाउने भएको हो ।

यस्तै ग्लोवल सेपर्सको सहयोगमा गणेश उच्च मावि बुढानिलकण्ठमा नमुना विद्यालय भवन निर्माणको थालनी सहित दोश्रो चरण शुरु गरेको अभियानले जनाएको छ । पहिलो चरणमा विद्यालयको छनौट र आवश्यकता पहिचान गरी दाताको खोजी गरेर पुलको रुपमा कार्य गर्दै अभियानले १७ जिल्लाका २ सय १५ विद्यालय निर्माणमा सहयोग गरेको जनाएको छ ।

२१ वटा शिक्षण संस्थामा प्रिफ्यावका स्थायी प्रकृतिका भवनहरू र १ सय ९३ वटा विद्यालयमा विभिन्न किसिमका अस्थायी सिकाई केन्द्र निर्माण कार्यको साझेदार बन्न पुगेका छौं अभियानद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
गत वैशाखको भूकम्पले पुर्याएको क्षती पछि शुरु अभियान अन्तर्गत सांसद गगन थापाको नेतृत्वमा जेठ १ गते देखि नुवाकोटबाट अस्थायी घर निर्माणको अभियान प्रारम्भ गरिएको थियो ।

८ हजार विद्यालयका ४० हजार भन्दा बढि कक्षाकोठा क्षतिग्रस्त भएको अवस्थामा सरकारको मुख ताकेर मात्र सीमित स्रोत, साधन र जनशक्तिले यो संकट पार लाग्न सक्ने अवस्था नभएका ठहर गर्दै जेठ १० गतेदेखि मिलेर बनाऔ विद्यालय अभियान केन्द्रीय बहिरा उच्च मा.वि.वाट शुरु भएको थियो ।

३० भन्दा बढि सहयोगी संस्था ३ हजार भन्दा धेरै ब्यक्तिको सहयोग रहेको अभिहात रहेको अभियानले जनाएको छ ।

फोटो अभियानको वेभसाईट

प्रकाशित मिति २०७२ पुस १३ गते

प्रतिक्रिया