Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

१ सय ४१ क्षेत्रमा प्राविधिक विषय थप 

सोमबार, १३ पुस २०७२

काठमाडौँ, १३ पुस । शिक्षा विभागले यस बर्ष थप १ सय ४१ निर्वाचन क्षेत्रमा विद्यालय तहमा प्राविधिक शिक्षाको पढाई शुरु गर्ने भएको छ।   यसअघि ९९ क्षेत्रमा यी विषयको पढाई शुरु भइसकेको छ । 

सरकारले तीन बर्षदेखि एउटा निर्वाचन क्षेत्रमा एक विद्यालयमा कक्षा ९ देखि प्राविधिक विषयमा पढाई शुरु गरेको हो । कक्षा आठ उतीर्ण गरेका विद्यार्थीले ९ देखि प्राविधिक र साधारण धार रोज्न पाँउछन् । 

प्राविधिकमा जान चाहनेले कृषिअन्तर्गत पशुविज्ञान र बाली विज्ञान, इन्जिनियरिङतिर सिभिल,  इलेक्ट्रोनिक्स र कम्प्युटर इन्जियिनरिङ पढ्न पाउँछन् ।  एसएलसी सकेपछि पनि साधारण र प्राविधिक धारमा जान पाउने व्यवस्था छ । 

एक सय ४१ विद्यालयमा प्राविधिक विषय अध्ययन गराउन विदालय छनोट प्रक्रिया शुरु भएको विभागले जनाएको छ।  सरकारले बजेट भाषणमार्फत हरेक निर्वाचन क्षेत्रको एउटा सामुदायिक विद्यालयमा कक्षा ९ मा प्राविधिक विषय अध्यापन थालिने घोषणा गरेको थियो । 

प्राविधिक विषय अध्ययन गराउन चाहने विद्यालयका लागी आवेदन दिने समय पुस १६ सम्म तोकिएको छ। विद्यालयमा प्राविधिक तथा व्यवसायिक शिक्षा सञ्चालन निर्देशिका संशोधन २०७१ मा तोकिएको पूर्वाधार पुरा गर्नुपर्छ । 

जिल्लाभरका लागी पायक पर्ने स्थानका विद्यालयलाई अनुमति दिने सरकारी योजना छ। 

(आजको कान्तिपुर दैनिकमा प्रकाशित)

 

 

 

 

प्रतिक्रिया