Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

ज्वरोले बालबालिका स्कुल आउन छाडे

सोमबार, १३ पुस २०७२

काठमाडौँ, १३ पुस । सिन्धुपाल्चोक भीमेश्वरी उच्चमाविमा तीन दिनदेखि दैनिक ५० बालबालिका विद्यालय आएका छैनन् । उनीहरु सबै ज्वरोले थलिएका छन् । जस्ताको टहरा र छाप्रोमा बस्दै आएका दनुवार समुदायका बालबालिका अहिलेको विद्यालय होइन, घरघरमा सुतेका भेटिन्छन् । 

कि त उनीहरु स्थानिय स्वास्थ्य चौकीमा भेटिन्छन्,  स्थानीय निरज दनुवार भन्छन् चिसोले भेटेपछि पढ्न आउन नसक्ने भए । १५ दिन भयो छोरो थलिएको, भीमटारकी कान्छी दनुवारले भनिन् ‘जति अस्पताल लगे पनि निको भएको छैन् ।’

भीमटारकै पञ्चकन्या प्राविका १५ देखि २०  प्रतिशत बालबालिका बिरामीले विद्यालय आउन छाडेका छन् । जनजागृति मावि कालिकाका बालबालिकाले मध्यान्हपछि दैनिक ३÷४ जनाले विद्यालय छाड्छन् ।  उनीहरु एकै छिनमा ज्वरो आयो भन्दै बिदा माग्छन्, प्रधानाध्यापक ऋषिराम भण्डारीले भने, ‘निम्नबर्गमा झन् बढी समस्या देखिएको छ।’

भीमेश्वरीका शिक्षक बाबुराम ढकालका अनुसार बिहानको ११÷१२ कक्षा झनै प्रभावित भएको छ। सिन्धुपाल्चोकका भीमटार र कालिका मात्रै होइन्, नदीको किनार र लेकाली बस्तीका बालबालिका ज्वरोले थलिन थालेका छन् ।

भुकम्पले भत्केका विद्यालय भवनमा नसक्ने भएपछि टहरामा पढ्दै गर्दा बालबालिका चिसोले बढी प्रभावित भएका हुन् । 

रामेछापमा पनि पठनपाठन प्रभावित 

यस्तै रामेछापका पनि चिसो गर्दा विद्यार्थीको पठनपाठन प्रभावित भएको छ। बासको कप्टेरोले बारेको चिसो भवनमा राखेर पढाउदाँ विद्यार्थीलाई सास्ती भएको हो ।  उत्तरी रामेछापको चुचुरे गाविसमा पर्ने जट्टेश्वरी उच्चमाविको व्यथा झन चर्को छ । चिसो सहन नसकेकर केही बालबालिका मुर्छा समेत पर्ने गरेका छन् । 

साना बालबालिका मात्रै होइन् कक्षा १० मा पढ्न बालबालिका समेत चिसोले गर्दा विरामी पर्न थालेका हुन् । 

(आजको कान्तिपुर दैनिकमा ऋषिराम पौड्यालले समाचार लेखेका छन्।) 

 

 

 

 

 

प्रतिक्रिया