Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

दृष्टिविहीन पढ्ने विद्यालयमा पक्की भवन !

सोमबार, १३ पुस २०७२

काठमाडौँ, १३ पुस । पाचँथरको गोर्खा वेल्फेयरले सदरमुकाम फिदिमस्थिर्त गढी माविलाई आठ कोठे पक्की भवन निर्माण गरिदिने भएको छ ।  भवनको आइतबार आयोजित एक कार्यक्रमबीच प्रजिअ पुरुषोत्तम घिमिरले शिलान्यास गरेका थिए ।  

दृष्टिविहीन विद्यार्थीलाई अध्यापन गराउँदै आएको सो विद्यालयको भवन २०६८ सालको भूकम्पबाट ध्वस्त भएको थियो ।   जिडब्लुएसका फिदिमका प्रमुख सुवास थाम्सुहाङले जिल्लामा प्रत्येक वर्ष विद्यालयको भौतिक संरचना निर्माण तथा विभिन्न समुदायलाई सहयोग गर्दे आएको र यो योजनालाई पनि विद्यालय व्यवस्थापन समिति तथा स्थानीय समुदायले सहयोग गरेर समयमै भवन निर्माण गर्ने बताए ।  

नेपाल भूपू सैनिक सङ्घ पाँचथरका जिल्ला अध्यक्ष थिरप्रसाद जवेगुले विद्यालय भवन नहुँदा विद्यार्थी टहरामा बसेर अध्ययन गर्न बाध्य भएको भन्दै भवन निर्माणका लागि आफूले सहयोग गरेको बताए ।  

वेल्फेयरको रु ९३ लाख र स्थानीयले रु नौ लाख ४१ हजारको जनश्रमदान गरी कुल रु एक करोड दुई लाख ४१ हजारको लागतमा भवन निर्माण हुनेछ । छ महिना सम्झौता अवधि रहेको दुई तले आठ कोठाको पक्की भवन आगामी जेठ १५ भित्र बनाइसक्नुपर्ने छ । 

(रासस) 

 

प्रतिक्रिया