Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

त्रिविमा पनि अनलाइनबाट पढाइदैँ

आइतबार, १२ पुस २०७२

काठमाडौं, १२ पुस । त्रिभुवन विश्वविद्यालयले नियमित क्याम्पस धाउनुपर्ने परम्परा अन्त्य गर्दै अनलाइनबाट उच्च शिक्षा आर्जन गर्न सकिने व्यवस्था गर्ने भएको छ । विदेशी विश्वविद्यालयले अनलाइन माध्यमबाट अध्ययन गराउँदै आए पनि त्रिविका लागि यो नौलो हो ।

त्रिविको खुला तथा दूर शिक्षा केन्द्रले यसै शैक्षिक सत्रदेखि कम्प्युटर तथा ग्याजेट प्रयोग गरी उच्च शिक्षा आर्जन गर्न पाउने व्यवस्था सुरुू गर्ने भएपछि कामकाजी र नियमित रुपमा क्याम्पस जान नसक्ने विद्यार्थीलाई निकै सहज हुनेछ । त्रिविले यसैलाई लक्षित गरेर एन्ड्रोइड एप्स पनि बनाउने भएको छ ।

केन्द्रका निर्देशक प्राध्यापक डाक्टर लेखनाथ शर्माले इन्टरनेट पहुँच भएका उच्च शिक्षा आर्जन गर्न चाहने विद्यार्थी अब क्याम्पस गइरहनु नपर्ने व्यवस्था सुरु गर्न लागिएको जानकारी दिए ।

(गोरखापत्र दैनिकमा प्रकाशित समाचार)

प्रतिक्रिया