काठमाडौँ, ११ पुस । गोरखाको लाप्राकस्थित गुप्सीपाखामा रहेको मणिकामदेवी माध्यमिक विद्यालय चिसो बढेपछि बन्द गरिएको छ ।
टहरोमा बसेका विद्यार्थीमा रुघाखोकीजस्ता समस्या देखिएको र अत्यधिक चिसोले गर्दा पठनपाठन सञ्चालन गर्न नसक्ने भएकाले १० दिनका लागि विद्यालय बन्द गरिएको शिक्षक धनबहादुर गुरुङले बताए ।
विद्यालयमा करिब २५० जना विद्यार्थी छन् ।
(रासस)
प्रतिक्रिया