Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

गोरखाका ७९ विद्यालय पूनःनिर्माण हुने 

शनिबार, ११ पुस २०७२

काठमाडौँ, ११ पुस । विभिन्न दातृ निकायको सहयोगमा गोरखाका ७९ विद्यालय पूनः निर्माण हुने भएका छन् । पूननिर्माण र नवनिर्माणको क्रममा हालसम्म ६३ विद्यालय निर्माणका लागी विभिन्न संघसंस्थासंग सम्झौता भइसकेको जिल्ला शिक्षा कार्यालय गोरखाले जनाएको छ। 

त्यस्तै १६ वटा विद्यालय भवन निर्माणका लागी सम्झौताको चरणमा रहेका जिल्ला शिक्षा कार्यालयका उपसचिव हेम आचार्यले जानकारी दिए । 

हालसम्म सेभ द चिल्डे«नले आठ वटा विद्यालय भवन निर्माणका लागी स्वीकृति लिएको छ। त्यस्तै जाइकाले ३० वटा, सोड नेपालले एकवटा, असल छिमेकीले चारवटा, नेपाल युथ फाउण्डेसनले एकवटा, मनास्लु फाउण्डेसनले तीन वटा गाउँ वातावरण नेपालले सातवटा र चौधरी ग्रुपले नौवटा विद्यालय भवन निर्माणका लागी सम्झौता गरिसकेका छन् । 

त्यस्तै फुलकुमारी महतो मेमोरियल ट्रस्ट, हिमानी ट्रस्ट, रोटरी क्लब अफ हिमालय पाटन र कर्मालय फाउण्डेसनले एक एक वटा, जोसुइट नेपालले १२ वटा विद्यालय भवन निर्माणको सम्झौता लिने प्रक्रियामा छन् । 

बैशाख १२ को भूकम्पले गोरखाका अधिकांश विद्यालयहरु भत्किदा अहिले चिसोमा पठनपाठन निकै प्रभावित भएको छ। 

 

(गोरखापत्र दैनिकमा प्रकाशित समाचार)

 

प्रतिक्रिया