Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

जेहेन्दार र विपन्न विद्यार्थीलाई अक्षयकोष 

शनिबार, ११ पुस २०७२

काठमाडौँ, ११ पुस । पाँचथरको यासोकमा रहेको पृथ्वी उच्च माविमा लामो समयको शिक्षणपछि अवकाश प्राप्त प्रधानाध्यापक चन्द्रप्रसाद निरौलाले सो विद्यालयमा रु एक लाख बराबरको अक्षयकोष स्थापना गरेका छन् । 

उनले जेहेन्दार र विपन्न वर्गका विद्यार्थीलाई कोषको ब्याजबाट छात्रवृत्ति प्रदान गर्न अक्षयकोष स्थापना गरेको र अक्षयकोष क्रमिकरुपमा बढाउँदै लानेसमेत बताए ।  

अवकाश प्राप्त प्रअ निरौलाले यसअघि पनि सो विद्यालयलाई आर्थिक र भौतिक सहयोग गर्दै आएका निमित्त प्रअ प्रकाशमणि विसीले जानकारी दिए । 

(रासस) 

 

प्रतिक्रिया