Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

नीजि छाडेर सामुदायिक विद्यालयमा 

शुक्रबार, १० पुस २०७२

काठमाडौँ, १० पुस । उदयपुरको कटारी ६ च्यांगाको चुरिया निम्न माध्यामिक विद्यालयमा एक बर्षअघिसम्म विद्यार्थी संख्या बढीमा ३५ थियो । निम्न माध्यामिक तहको पढाई भएपनि उदयपुरको यो गाउँका बालबालिका नजिकै नीजि विद्यालयमा धाउथे । 

तर अहिले परिस्थिती बदलिएको छ । विद्यालयमा विद्यार्थीको संख्या १ सय ८३ पुगेको छ।  निम्न माध्यामिक तहमा पढ्ने गाउँका केटाकेटी गाउँबाहिर कोही गएका छैनन् । नीजि विद्यालयमा पढ्ने केटाकेटी पनि गाउँमै फर्किएका छन् ।  यसरी सामुदायिक विद्यालयमा आकर्षण बढ्नुको मुख्य कारण अभिभावकहरु नै हुन् । 

विद्यालयको अवस्था सुधार गर्नका लागी सुरुमा आफ्नो जिम्मेवारी पुरा नगर्ने शिक्षकलाई सरुवा गर्र्नेसम्मको काम भएको छ । त्यसमा प्रधानाध्यापक नै परिवर्तन गर्नुपरेको अभिभावकको भनाई छ । 

(आजको कान्तिपुर दैनिकमा कुम्भराज राईले समाचार लेखेका छन्।)

प्रतिक्रिया