Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

खाद्यान्न नहुँदा पढाई प्रभावित 

शुक्रबार, १० पुस २०७२

काठमाडौँ, १० पुस । कालिकोट धैलागोह ९ पुलाहाका भीमराज भण्डारी खाद्यान्न नहुँदा ओसार्न बाजुराको कोल्टीमा महिनाको दुई चक्कर लगाउछन् ।  घरदेखि १ घण्टा टाढाको कालिका निमाविमा ८ कक्षामा अध्ययनरत उनलाई खाद्यान्न जोहो गर्नुपर्दा महिनामा ९ दिन गयल हुन्छन् । 

पुलाहा क्षेत्रमा चर्को खडेरीले गएको बर्ष र अहिलेको हिँउदे दुबै बालीको उत्पादन ह्वात्तै घट्यो । बर्षे बालीको उत्पादन घटेपनि गाउँमा भोकमरी जत्तिकै समस्या  छ।  गाउँमा खाद्यान्नको बैकल्पिक उपाय नभएपछि धौलागोहावासी २ दिन पैदल हिडेर कोल्टीबाट चामल ओसार्न बाध्य छन् । 

चामलका लागी कोल्टी आउने पुलाहाका भीमराज एक्ला होइनन् । गाउँमा सबैको अवस्था उही हो । परिवारका बुढापाकाले चामल बोक्न नसक्ने भएकाले धेरैजसो स्कुले नै कोल्टी जाने गरेका छन् । आफ्ना अभिभावकसहित बालबालिका पनि खाद्यान्न ओसार्न लाग्दा विद्यार्थीको पढाई प्रभावित हुन पुगेको हो । 

 

(आजको कान्तिपुर दैनिकमा प्रकाशित समाचार)

प्रतिक्रिया