Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

कठ्याग्रिदै एकसरो लुगामा तराईका विद्यार्थी 

शुक्रबार, १० पुस २०७२

काठमाडौँ, १० पुस । कञ्चनपुरको शंकरपुर ४ कसबाकी १० बर्षीय मुक्त कम्लहरी लक्ष्मी चौधरी पुसको कठ्यांग्रिदो  जाडोमा एकसरो लुगामा विद्यालय जान्छिन् ।  कुहिरो लागेको होस वा घाम जतिबेला पनि उनले छात्राबासमा लगाउने र स्कुल जादाँ एउटै लुगा हुन्छ । 

गाउँमै २ बर्ष कम्लरी बसेर मुक्त भएपछि स्कुल भर्ना भएकी उनीसंग न्यानो लुगा त के, स्कुल ड्रेससमेत छैन् । गत बर्ष गैरसरकारी संस्थाले उद्धार गरी कञ्चनपुरकै भीमदत्त नगरपालिका १२ ऐरीस्थित पूर्ण उच्च मावि छात्राबासमा भर्ना भएपछि उनी स्कुल पुग्न थालेकी हुन् । 

अभिभावकबिहिन उनलाई आमाबुवाको अवस्थाबारे कुनै जानकारी छैन् । उनका बुवाको भारत उत्तराखण्डको पहाडी भेगमा मजदुरी गर्ने क्रममा ढुंगाले च्यापिएर मृत्यु भएको हो । बुवाको मृत्युपछि आमाले दोश्रो बिबाह गरेपनि उनी अलपत्र परेकी हुन् । 

उनीसंगै मुक्त भई विद्यालय भर्ना भएका अन्य बालिका पनि न्यानो लुगा नहुँदा एकसरो लुगामै हिउँद काटिरहेका छन् । विद्यालयको छात्राबासमा रहेका मुक्त कम्लरीलाई तीन बर्षअघि प्लान नेपाल र नेपाल राष्ट्रिय समाज कल्याण संघले ओढ्ने, ओछ्याउने र लगाउने लुगा दिएको थियो । 

त्यसपछि त्यहाँ कुनै पनि संघ संस्थाले लत्ताकपडा दिएका छैनन् । अहिले छात्राबासमा ४७ मुक्त कम्लरी अध्ययनरत छन् । छात्राबासमा रहेका धेरै मुक्त कम्लरीहरुको न्यानो कपडा नहुँदा अवस्था दयनीय नै भएको छ। 

(आजको कान्तिपुर दैनिकमा भवानी भट्टले समाचार लेखेका छन्।)

प्रतिक्रिया