Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

तराईका स्कुल नखुल्दा आफैलाई घाटा 

शुक्रबार, १० पुस २०७२

काठमाडौँ, १० पुस । तराईका बुद्धिजिवीले बालबालिकाको पढ्न पाउने हक सुनिश्चित गर्नुपर्ने बताएका छन् ।  आन्दोलनकेन्द्रित जिल्ला सदरमुकामबाहेक अन्य क्षेत्रका विद्यालय निर्वाध रुपमा सञ्चालन गर्नुपर्ने वातावरण बनाउन पनि उनीहरुले सुझाव दिएका छन् । 

मधेसवादी दल विद्यालय सञ्चालनमा लचक भएपनि भयरहित सिकाईको अवस्थाा बन्न नसकेको उनीहरुको भनाई छ ।  तराईमा जारी आन्दोलनका कारण बैशाखयता ५३ दिन मात्र विद्यालय सञ्चालनमा आएका छन् भने अरु दिन बन्द छन् । 

पठनपाठन अवरुद्ध हुँदा ३४ लाख ७६ हजार बालबालिकाको भविष्य प्रभावित भएको सरकारी तथ्यांक  छ।  शिक्षा पत्रकार समुहले राजधानीमा गरेको अन्तक्रियामा बोल्दै अधिकारकर्मी तुलनारायण शाहले स्कुल बन्द नभए हड्ताल नै नमान्ने गलत सस्कृति ठुला दलले विकास गरेको जिकिर गरे । 

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष धमेन्द्र झाले सरकारी विभेदकारी नीतिले ध्वस्त भइसकेको मधेसको शिक्षामा आन्दोलनले अर्को धक्का दिएको बताए । 

(आजको नागरिक दैनिकमा प्रकाशित समाचार)

प्रतिक्रिया