Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

विद्यालयको भवन निर्माणमा झन्डै २ करोड 

शुक्रबार, १० पुस २०७२

काठमाडौँ, १० पुस । भूकम्पबाट क्षति पुगेका कपिलवस्तुका विद्यालय भवन निर्माणलाई १ करोड ७० लाख रकम छुट्याइएको छ।  जिल्लामा बिहीबार आयोजित विपद व्यवस्थापन तथा शिक्षाका सवाल विषयक कार्यक्रममा सो जानकारी गराइएको हो । 

कार्यक्रममा जिल्ला शिक्षा कार्यालय कपिलवस्तुको विपद व्यवस्थापनको समग्र कार्ययोजना र शिक्षाका सवालका विषयमा जानकारी गराइएको थियो ।  भूकम्पमा विद्यालय भवन भत्कदा शिक्षा क्षेत्रमा ठूलो क्षति पुगेको र बालबालिकाको पठनपाठन प्रभावित भएको थियो । 

जिल्ला शिक्षा कार्यालय कपिलवस्तुका उपसचिव सुर्यप्रसाद भुसालले विपद व्यवस्थापनका लागी विप्दको प्रभाव कम गर्ने योजना मिटीगेसन, आवश्यक तयारी, त्यसको उचित व्यवस्थापन र पुनः स्थापनाको कार्य मुख्य रहेको जानकारी दिए । 

(आजको राजधानी दैनिकमा प्रकाशित समाचार)

प्रतिक्रिया