Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

नीजि विद्यालयले दुई महिनाको शुल्क नलिने 

शुक्रबार, १० पुस २०७२

काठमाडौँ, १० पुस । मधेस आन्दोलनका बीचमा बन्द रहेका जनकपुरका नीजि विद्यालयले दुई महिनाको शुल्क नलिने भएका छन् ।  नीजि विद्यालयको यस्तो सहमतिपछि बिहीबारबाट जनकपुरका विद्यालय समेत खुलेका छन् । 

नीजि विद्यालयले बन्द अवधिको शुल्क विद्यार्थीसंग माग्न थालेपछि संघीय समाजवादी विद्यार्थी संघले नीजि विद्यालय बन्द गराएका थिए ।  प्रगतिशिल मधेसी समाजको पहलमा बिहीबार सम्पन्न बैठकमा विद्यालय खोल्नेसम्बँिन्ध निर्णय भएको हो । 

तीन महिनाको बन्द अवधिमध्ये दुई महिनाको शुल्क नलिने तर एक महिनाको भने अभिभावकले दिनुपर्ने बैठकले निर्णय गरेको छ। 

(आजको राजधानी दैनिकमा प्रकाशित समाचार)

प्रतिक्रिया