Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

बिहीबारबाट खुल्दै विद्यालय

विहीबार, ०९ पुस २०७२

काठमाडौं ९ पुस / मधेशको आमहड्तालसँगै तीन महिनासम्म बन्द रहेको जनकपुरका निजी तथा सरकारी विद्यालय बिहीबारबाट खुल्ने भएका छन्।

असोज अन्तिमसाताबाट नै बन्द रहेका विद्यालय मंसिर पहिलो साताबाट खुलेपनि पुसको सुरुवातमै बन्द गरिएको थियो। शरत्सिंह भण्डारी नेतृत्वको रामसपा निकट समाजवादी विद्यार्थी संघले बन्द अवधीको शुल्क विद्यार्थीसँग लिन नपाउने तथा दिउँसो आन्दोलन प्रभावित हुने गरी विद्यालय सञ्चालन नगर्न दबाव दिँदै हप्तादिनदेखि पुनः विद्यालय बन्द गराएको थियो ।

बुधबार प्रगतिशिल मधेशी समाजको अगुवाइमा आन्दोलनरत विद्यार्थी संगठन तथा हिसान, प्याब्सन र एन प्याब्सनको संयुक्त बैठकले सम्झौता गरेपछि बिहीबारबाट विद्यालय खुल्न लागेका हुन्। बैठकले विद्यालय नखुलेको भदौ, असोज र कात्तिक मध्ये पछिल्लो दुई महिनाको शुल्क नलिने र तीन बजेसम्म मात्रै विद्यालय तथा कलेज सञ्चालन गरिने निर्णय भएको समाजका अध्यक्ष डा.सुरेन्द्र यादवले जानकारी दिए ।

बैठकमा उच्च मावि संघ (हिसान), प्याब्सन, एनप्याब्सन, जनकपुर उद्योग वाणिज्य संघ, अञ्चल बस व्यवसायी संघ, संयुक्त युवा संघर्ष समिति, सञ्चारकर्मी लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिले विद्यालय सुचारु गरी आन्दोलनलाई निरन्तरता दिन दबाव दिएका थिए ।

नागरिकमा सुरेश यादवले लेखेका छन् ।

प्रतिक्रिया