Edukhabar
मंगलबार, ०१ असोज २०८१
खबर/फिचर

भूकम्पमा परी गोर्खामा ४ शिक्षकको मृत्यु

विहीबार, १७ बैशाख २०७२

काठमाडौं १७ वैशाख / भूकम्पमा परी गोर्खामा ४ शिक्षकको मृत्यु भएको छ । मुच्चोकटार नि.मा.वि.का शिक्षक इन्द्रलाल अधिकारी, मालेढुङ्गा प्रा.वि.का शिक्षक हरि अधिकारी तथा विद्यालय खुल्न नसकेका सरला गुरुङ र देवनारायण देवकोटाको मृत्यु भएको हो ।

मुच्चोकमा रहेको चतुर्माला उच्च माध्यामिक विद्यालयमा सञ्चालित तालिममा सहभागि मध्ये ४ शिक्षकको मृत्यु भएको पश्चिमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयका निर्देशक बैकुण्ठ अर्यालले जानकारी दिए । ‘यो प्रारम्भिक बिवरण मात्रै हो यकिन बिवरण थप हुँदै जाने छ’ उनले भने ।

भूकम्पले पुर्याएको क्षतीको बिवरण संकलन गर्न मन्त्रालयले निर्देशन दिईसकेको छ । शिक्षा विभागद्धारा क्षतीको बिवरण संकलन शुरु

निर्देशनालयले मन्त्रालयमा पठाएको त्यस क्षेत्रको क्षतीको प्रारम्भिक बिवरण यस प्रकार छ :

 जिल्ला : गोरखा

क्र.सं.   

क्षतिको विवरण

कैफियत

१. 

चतुर्माला उ.मा.वि., मुच्चोकमा तालिम सञ्चालन भैरहेको अवस्थामा ४ जना शिक्षकको मृत्यु भएको जानकारी ।

 

मृत्यु हुने शिक्षकहरुमा
- इन्द्रलाल अधिकारी – मुच्चोकटार नि.मा.वि.,
- हरि अधिकारी – मालेढुङ्गा प्रा.वि.,
- सरला गुरुङ
- देवनारायण देवकोटा

२.

जि.शि.का.को भवन पूरै चिराचिरा भएको   

मर्मत वा पुर्ननिर्माण नगरी कार्यालय सञ्चालन गर्न सकिने अवस्था नरहेको ।

३.   

३ जना शिक्षकहरु सपर्कविम्हिन   

विद्यालयतर्फ गइरहेको अवस्थामा सम्पर्क विहिन, तीमध्ये २ जना उहीया र १ जना केरौजाको रहेको जानकारी

४.   

अधिकांश विद्यालयहरुको ९०% सम्म भौतिक क्षेत्री भएको  

 पुर्ननिर्माण नगरीकन विद्यालय सञ्चालन हुने अवस्था नरहेको ।

पुनश्च :
-  जिल्ला प्राकृतिक विपद् व्यवस्थापन समितिको निर्देशन अनुसार १२ वटा गा.वि.स.हरुमा प्रति गा.वि.स. १ जना अधिकृत स्तरको कर्मचारी विवरण संकलनमा खटिएको अवस्था एवम् सो संकलन कार्य १ महिनासम्म लाग्नसक्ने अनुमान ।

-   एसएलसी परीक्षा २०७१ को उत्तरपुस्तिका परीक्षण कार्य करिब अन्तिम चरणमा पुगेको र उक्त कापिहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी कपि परीक्षण कार्य भैरहेको ।

जिल्ला : लमजुङ

क्र.सं. 

क्षतिको विवरण 

  कैफियत

१.  

६२ विद्यालय क्षतिग्रस्त भएको   

सो मध्येपनि २० विद्यालयहरु सञ्चालन नै हुन नसक्ने अवस्थामा र अन्यको सामान्य मर्मत सम्भारपछि सञ्चालन गर्न सकिने अवस्था

२.   

जि.शि.का.को भवन आंशिकरुपमा चर्केको  

 मर्मतसम्भार गर्नुपर्ने

 जिल्ला : स्याङ्जा

क्र.सं.   

 क्षतिको विवरण  

 कैफियत

१.  

 ५७ वटा विद्यालयमा सामान्य क्षति   

सो मध्ये १० वटा विद्यालयहरुका केही कोठाहरु पूर्ण मर्मतपछि मात्र सञ्चालन गर्न सकिने अवस्था

जिल्ला : तनहुँ

क्र.सं.   

क्षतिको विवरण   

कैफियत

१. 

३५ वटा विद्यालयहरुमा आंशिकरुपमा क्षति   

 

जिल्ला : कास्की

क्र.सं.   

क्षतिको विवरण  

 कैफियत

१.   

२६ वटा विद्यालयहरुमा आंशिकरुपमा क्षति 

  २ वटा विद्यालयमा कक्षा सञ्चालन गर्नै नसकिने अवस्था

जिल्ला : रुपन्देही

क्र.सं.  

 क्षतिको विवरण  

 कैफियत

१. 

जि.शि.का.को भवन चर्केको   

 

२. 

६ वटा विद्यालय भवनहरु चर्केको   

 

जिल्ला : बाग्लुङ

क्र.सं.   

क्षतिको विवरण  

 कैफियत

१. 

१०० वटा विद्यालयहरु क्षतिग्रस्त  

 सो मध्ये २० वटा विद्यालयहरुमा मर्मत नगरी कक्षा सञ्चालन गर्न नसकिने अवस्था रहेको

 

 

प्रतिक्रिया