Edukhabar
सोमबार, ०७ असोज २०८१
खबर/फिचर

एमबीबीएस प्रवेश परीक्षा अनियमितता प्रकरण : केयुमा तालाबन्दी

बुधबार, ०८ पुस २०७२

काठमाडौं - एमबीबीएस प्रवेश परीक्षामा भएको अनियमिततामा संलग्न भएको आरोपमा विप्लब निकट अखिल क्रान्तिकारीले काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साईन्सका डीनको निलम्बनको माग गर्दै तालाबन्दी गरेको छ । संगठनले विभिन्न सात बुँदे माग सहित उपकुलपति रामकण्ठ माकाजु र डीन नरेन्द्र बहादुर रानाको काभ्रे स्थित विश्वविद्यालयको कार्यकक्षमा ताला लगाएको हो । 

तालाबन्दी गर्दा उपकुलपति र डीन दुवै कार्यकक्षमा नभए पनि विश्वविद्यालयमा भेटिएका पूर्व उपकुलपति सुरेशराज शर्मालाई समेत आफ्ना मागहरु अवगत गराएको केन्द्रीय सदस्य नरेन्द्र विकले बताए । 

चिकित्सा शिक्षा सुधारका लागि त्रिविका पूर्व उपकुलपति केदारभक्त माथेमा आयोगले दिएको सुझाव अनुसार ३५ लाखमा एमबीबीएस पढाउनु पर्नेमा विश्वविद्यालयले मनलाग्दी शुल्क लिएको भन्दै क्रान्तिकारीले तालाबन्दी गरेको हो । धेरै शुल्क लिने कलेजको सम्बन्धन खारेज गर्नु पर्ने, सर्वोच्च अदालतको आदेशका आधारमा नयाँ मेरिट लिष्ट बनाउनु पर्ने, गत सोमबारको परीक्षा पारदर्शी ढंगले पुनः लिनु पर्ने लगायतका माग सहत तालाबन्दी गरेको हो ।

क्रान्तिकारीले गत सोमबार काठमाडौं विश्वविद्यालय अन्र्तगतका मेडिकल कलेजहरुमा एमबीबीएस भर्नाका लागि लिईएको परीक्षामा अनियमितता भएको भन्दै विद्यार्थीका उत्तरपुस्तिका कब्जामा लिएको थियो ।

एमबीबीएस प्रवेश परीक्षामा अनियमितता, उत्तर पुस्तिका क्रान्तिकारीको कब्जामा

तस्विर विकको फेसबुकबाट

प्रकाशित मिति २०७२ पुस ८ गते

प्रतिक्रिया