Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

चिसोले गोरखामा किताब पल्टाउनै मुश्किल !

बुधबार, ०८ पुस २०७२

काठमाडौँ, ८ पुस । चिसोले गर्दा गोरखाको जनजीवन निकै प्रभावित भएको छ। विद्यालय जाने बालबालिकाले चिसोले गर्दा नै गोजीबाट हात निकालेर किताब पल्टाउनै मुश्किल भएको बताउने गरेका छन् । 

कक्षा १० मा पढ्ने सुनिता गुरुङले कक्षाकोठामा बसेर ४० मिनेट बिताउन सास्ती हुने बताउँछिन् । शिक्षकले लेखाएको लेख्नुपर्ने तथा सार्नुपर्ने समस्या रहेको र कक्षा सकिने वित्तिकै गोजीमा हात हालेर घाम बस्न मात्र सजिलो लाग्ने गरेको उनी बताउँछन् । 

भूकम्पले भत्काएका विद्यालय अहिले जस्ता र बासको टहरामा धानिएका छन् । त्यसको मुनि चिसोले गर्दा कति विद्यार्थी विरामी समेत पर्ने गरेका छन् । 

विद्यालयका शिक्षक र विद्यार्थी समेत चिसो कटाउन हम्मेहम्मे परेको गुनासो गर्ने गरेका छन् । 

(आजको नागरिक दैनिकमा प्रकाशित समाचार)

प्रतिक्रिया