Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

आफ्नालाई जागिर खुवाउन विश्वविद्यालयमा तालाबन्दी 

बुधबार, ०८ पुस २०७२

काठमाडौँ, ८ पुस । गत भदौ ७ गते डा. कुलप्रसाद कोइराला उपकूलपति नियुक्त भएर दाङ आउँदा नेपाल सस्कृत विश्वविद्यालयमा तीन महिना तालाबन्दी भएको थियो । 

राजनीतिक नियुक्तिको माग गर्दै कांग्रेसनिकट नेविंसघ, प्राध्यापक संघ र कर्मचारी संघले तालाबन्दी गरे ।  त्यति नै बेला कम्युनिष्ट कित्ताबाट पनि तत्काल रेक्टर नियुक्तिको माग गर्दै अर्को तालाबन्दी भयो । 

भनसुन र आग्रहपछि कांग्रेसी ताला खोल्न राजी भएपनि कम्युनिष्टको असन्तुष्टि झनै बढ्यो ।  उपकुलपतिको गाडी चाबी खोसेर अलपत्र पार्नेदेखि अनेक दुख दिदै गत बैशाख २२ गते नेविसंघले ताला लगाउँदा आयुर्वेद अध्ययन संस्थानमा डिन नियुक्तिको विरोध गरेका थिए । 

त्यसपछि श्रृंखलाबद्ध लागेको ताजा अझै पनि खुलेको छैन् । पहिले ९ वटा ताला लागेकोमा अहिले ६ वटा ताला विश्वविद्यालयका विभिन्न कार्यालयमा झुन्डिएका छन् भने तीनओटा मात्र खोलिएका छन् । 

आफन्तलाई जागिर खुवाउनैका लागी ताला लगाइएका हुन् ।

(आजको नागरिक दैनिकमा प्रकाशित समाचार)

प्रतिक्रिया