Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

नाकाबन्दीबाट आजित त्रिवि ३० रुपैयाँमा खाना खुवाउँदै  

बुधबार, ०८ पुस २०७२

काठमाडौँ, ८ पुस । एक सातादेखि कीर्तिपूरस्थित त्रिभुवन विश्वविद्यालयको चउरमा एउटा सामूहिक मेस चलिरहेको छ । तपाईंलाई थाहा नहुन सक्छ, यस्तो महंगीमा पनि यो मेसमा ३० रुपैयाँमा एक छाक खाना पाइन्छ ।

एमाओवादी निकट अखिल क्रान्तिकारी त्रिवि समितिले पुस २ गतेदेखि यो मेस चलाएको हो । पुस १५ मा जाडो बिदा सुरु नभइञ्जेल यो मेस चल्नेछ । यो मेसमा विद्यार्थीले मात्रै खाना खान पाउँछन् । प्रत्येक दिन बिहान र बेलुका तीन तीन सय जनालाई यहाँ खाना खुवाइदै आइएको छ ।

नाकाबन्दी र बढ्दो महँगीले विद्यार्थीलाई अप्ठ्यारो परेका बेला केही राहत होस् भनेर मेस चलाएको अखिल क्रान्तिकारीका त्रिवी इन्चार्ज गेहेन्द्र ढकालले बताए । उनले मेस विद्यार्थीहरुको श्रमदानबाट चलिरहेको पनि बताए ।

(कान्तिपुर दैनिकमा प्रकाशित)

प्रतिक्रिया