Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

पूर्वमन्त्रीबाट विद्यालय भवनको शिलान्यास

बुधबार, ०८ पुस २०७२

काठमाडौँ, ८ पुस । नेपाल परिवार दलका अध्यक्ष एवं पूर्वमन्त्री एकनाथ ढकालले गोरखाको बोर्लाङस्थित जागेश्वर उच्च माविको ८ कोठे भवन शिलान्यास गरेका छन् ।

वैशाख १२ गतेको भूकम्पले भत्किएको भवन एक कार्यक्रमबीच शिलान्यास गरिएको हो । ढकाल विद्यालयका पूर्वविद्यार्थी हुन् ।

विश्व शान्ति महिला संघ कोरियाको आर्थिक सहयोगमा आठ कोठे भवन निर्माण हुने जारी विज्ञप्तीमा जनाइएको छ ।

(कान्तिपुर दैनिकमा प्रकाशित समाचार)

प्रतिक्रिया