Edukhabar
मंगलबार, ०१ असोज २०८१
खबर/फिचर

पठन पाठन कहिले देखि ? मन्त्रालयनै अलमलमा

विहीबार, २४ बैशाख २०७२

काठमाडौं २४ वैशाख / भूकम्पले क्षती पुगेका विद्यालयहरुको मर्मत र निर्माण प्रकृया कसरी शुरु गर्ने भन्ने बारेमा शिक्षा मन्त्रालयनै अलमलमा देखिएको छ । भूकम्प पछि क्षती पुगेका विद्यालयहरुमा जेठ १ गते बाट पठन पाठन शुरु गर्ने भनिए पनि एक साता मात्र बाँकी रहँदा सम्म मन्त्रालयले कुनै निर्णय गर्न सकेको छैन ।

मन्त्रालयले निर्णय गर्न नसक्दा पठन पाठन कहिले देखि शुरु हुने भन्ने अन्यौल बढेको छ । भूकम्प पछि मन्त्रालयले पहिलोपटक एक हप्ता र त्यसपछि वैशाख भरका लागि शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको थियो । वैशाख भरी शैक्षिक संस्था बन्द

विद्यालयमा क्षती पुग्दा कसरी ब्यवस्थापन गर्ने भन्ने पूर्व तयारी नहुँदा अलमल भएको हो ।  एकै पटक धेरै विद्यालयमा क्षती पुगेको छ, अहिले सम्म क्षतीको यकिन बिवरण समेत संकलन हुन सकेको छैन । भूकम्प लगत्तै मन्त्रालयले क्षतीको बिवरण संकलन गर्ने काम शुरु गरेको थियो । शिक्षा विभागद्धारा क्षतीको बिवरण संकलन शुरु

बिवरण संकलनको काम जारी रहेको र अहिले सम्म ६ सय विद्यालय ध्वस्त भएको, १५ हजार कक्षा कोठा कामै नलाग्ने भएको र ९० प्रतिशत विद्यालयहरुमा आँशिक क्षती पुर्याएको मन्त्रालयका प्रवक्ता डा.हरी लम्सालले बताए ।

जेठ १ गतेबाट कक्षा सञ्चालन गर्ने गरी मन्त्रालयले आन्तरिक कार्य गरिरहेको मन्त्रालयका प्रवक्ता डा.हरी लम्सालले बताए । हामी क्षतीको विवरण संकलन संगै क्षती पुगेका विद्यालयका कक्षा कोठा कसरी पुर्ननिर्माण गर्ने भन्ने कार्यमा लागिरहेका छांै उनले भने विद्यालयहरु कसरी सञ्चालन गर्ने भन्ने बारेमा चाँडै निर्णय हुन्छ ।

प्रतिक्रिया