Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

राष्ट्रपति भण्डारीबाट त्रिविको निरीक्षण 

बुधबार, ०८ पुस २०७२

काठमाडौँ, ८ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले विनाशकारी भूकम्पबाट क्षतिग्रस्त त्रिभुवन विश्वविद्यालयका भौतिक संरचनाको पुर्ननिर्माण तथा जिर्णोदारका लागी आवश्यक बजेटको अभाव नहुने विश्वास व्यक्त गरेकी छन् । 

त्रिवि केन्द्रिय कार्यालयका विभिन्न भवनको स्थलगत निरीक्षण तथा पदाधिकारीसंगको छलफल कार्यक्रममा उनले सो कुरा व्यक्त गरेकी हुन् । 

विश्वविद्यालयले चर्केको जग्गाजमिनलाई यथोचित हिसाबले उपयोग गर्ने विषयमा विस्तृत गुरुयोजना निर्माण गरी अगाडी बढ्न उनले विश्वविद्यालयका पदाधिकारीलाई आग्रह गरेका थिए । 

मुलुककै जेठो र दक्ष जनशक्ति उत्पादन गर्ने सफल त्रिविको भूमिका कमजोर हुन नहुनेमा उनको जोड रहेको थियो । 

त्रिविपछि धेरै विश्वविद्यालयको स्थापना तथा सञ्चालनरत रहेको भएपनि ती विश्वविद्यालयलाई समेत समन्वय गर्ने हिसाबले विश्वविद्यालय अगाडी बढ्नुपर्ने खाचोँ उनले औल्याएकी थिइन् । 

(आजको गोरखापत्र दैनिकमा प्रकाशित समाचार)

प्रतिक्रिया