Edukhabar
सोमबार, ०७ असोज २०८१
विचार / विमर्श

थेसिस लेख्ने तरिका : २८ र २९ औं भाग

मंगलबार, ०७ पुस २०७२

- डा. मनप्रसाद वाग्ले / थेसिस लेख्ने तरिका थाहा नहुँदा विद्यार्थीहरु अन्यौलमा हुन्छन् ।  नियमित कक्षा लिएका हुदैंनन्  । कसरी गर्ने भन्ने विद्यार्थीलाई जानकारी नहुँदा बर्षौदेखि अधुरै हुन्छ । विद्यार्थीको समस्या बुझेर शिक्षाविद् डा. मनप्रसाद वाग्लेले फेसबुक मार्फत थेसिस लेख्ने तरिका यसरी उल्लेख गरेका छन्  । यस अघिका सम्पूर्ण भाग सहित यसपटक २८ औं भाग :

Lesson 28: True Experimental Designs

हामी संख्यात्मक अनुसन्धान अन्तर्गत experimental design को छलफलमा छौं/ यस भन्दा अगिका केहीपाठ हरुमा हामीले pre-experimental र quasi-experimental design का बारेमा जानकारी लियौं/ र यो पनि भन्यौं की subjectको random assignment नभएका कारण त्यस्ता design मा आन्तरिक र बाह्य वैधताको खतरा रहिरहन्छ/

त्यसैले experimental design अन्तर्गत आज हामी एउटा त्यस्तो design को छलफल गर्दैछौं जसले "कारण र असर" का बारेमा तपाइंलाई संकाराहित नतिजा प्रदान गर्न सक्छ/ खास गरी यो designमा अनुसन्धानकर्ताले चाहना गरेका variables को असर लाई प्रभाव पार्न सक्ने अरु independent variable/confounding variable/वा intervening variable लाई नियन्त्रण गरिएको हुन्छ जसको प्रभाव अनुसन्धानमा पर्दैन/ त्यसैले true experimental design लाई "कारण र असर" अनुसन्धान गर्ने उपयुक्त बिधि मानिएको हो/

यसमा कम्तिमा पनि दुइवटा समूह हुन्छन र ती random selection को बिधि अनुसार छनौट गरिन्छन/ Random गर्दा दुवै समूह बराबर भएको मानिन्छ र तपाइंको experiment मा आन्तरिक तथा बाह्य बैधताको प्रश्न उठ्दैन/ यो डिजाइनका मूख्य तीन किसिम प्रयोगमा आएका छन् ती मध्ये पनि पहिलो दुइ प्रख्यात छन्/ तलका डिजाइनहरु हेरौं

१. Pre-test Post-test Control Group Design

R.................O1................X..............O2
R.................O1................C...............O2

यो डिजाइनमा दुइवटा समूह छन्/ ती दुवैको छनौट R अर्थात् Random विधिमा आधारित छ/ दुबैलाई pretest लिईएको छ / एउटा समूहलाई treatment (X) दिईएको छ अर्को समूह Control group (C) बनाईएको छ / र अन्तमा फेरी दुवै समूहलाई Post-test लिइएको छ/ उदाहरणका लागि यदि तपाईं "The effect caused by teenage marriage on student language achievement in colleges of Argakhaanchi" बिषयमा अनुसन्धान गर्न चाहनु हुन्छ/ यहाँ १३ देखि १९ बर्ष बिचमा बिबाह गर्ने विद्यार्थीको उपलब्धी हेर्नु पर्ने भएकोले यो डिजाइन अनुसार तपाईंलाई दुइवटा समूह आवश्यक पर्यो/

एउटा समूह कलिलो उमेरमा बिहा गर्नेको समूह र अर्को समूह कलिलो उमेरमा बिहा नगर्ने समूह/ सबभन्दा पहिला त तपाइंले त्यस्तो अध्ययनका लागि कलेजको छनौट गर्नु पर्यो अनि त्यस भित्रका बिद्यार्थी/ तपाइंको अध्ययन अर्घाखाँची जिल्ला भएकोले त्यो जिल्लामा कति कलेज छन् पता लगाउनुहोस् / त्यसपछि ती कलेजहरुलाई प्रतिनिधित्व गर्ने कति कलेज लिनु आवश्यक पर्छ भन्ने कुरा n निकाल्ने सूत्र प्रयोग गरी निर्क्यौल गर्नुहोस्/

अनि कति कलेज चाहिँदो रहेछ भन्ने संख्या एकिन गर्नुहोस्/ अब भएका कलेज मध्ये तपाइंलाई जति कलेज आवश्यक हुन्छ त्यो छान्न random बिधि प्रयोग गर्नुहोस/ ती कलेज पहिचान भईसकेपछि अब ती कलेजमा पढ्ने बिद्यार्थी मध्ये कतिजना कलिलो उमेरमै बिहा गरेका रहेछन पत्ता लगाउनुहोस्/ ती मध्ये तपाईं फेरी n निकाल्ने सूत्र प्रयोग गरी कति बिद्यार्थी अध्ययनमा सामेल गर्दा प्रतिनिधित्व हुन्छ पत्ता लगाउनुहोस्/ र फेरी random बिधि बाट उनीहरुको छनौट गर्नुहोस/ अनि त्यतिकै संख्यामा random बिधि बाटै कलिलो उमेरमा बिहा नगर्ने बिद्यार्थी छनौट गर्नुहोस्/ अब तपाईं संग दुइवटा समूह तयार भए पहिलो Experimental Group र दोस्रो Control Group / तपाइंको उद्देस्य भाषामा परिक्षण गर्नु रहेकोले तपाइंले परिक्षण गर्न खोज्नु भएको भाषाको एउटा test बनाउनुहोस्/ त्यो भाषाको शिक्षण गर्नु अगि दुवै समूहलाई आफुले बनाएको test हल गर्न दिनुहोस र उनीहरुको क्षमता रेकर्ड गर्नुहोस्/

त्यसपछि दुवै समूहलाई भाषा शिक्षण (तपाइंको उद्देस्य अनुसारको topic) गर्नुहोस्/ र पून अगि दिईएको test नै दिनुहोस्/ र उनीहरुको क्षमता रेकर्ड गर्नुहोस्/ तपाईं संग अब experimental group र control group का दुइ उपलब्धि रेकर्डमा भए/ अब pre-test र post-test का उपलब्धि तुलना गर्नुहोस दुवै समूहको फरक फरक ढंगले/ यसबाट तपाइंको शिक्षण बाट विद्यार्थीमा आएको परिवर्तन थाह हुन्छ / त्यसपछि तपाइंको मूल मुद्दा कलिलो उमेरमा बिहा गर्नेको उपलब्धि हेर्न तिर पट्टी लाग्नुहोस् / यसका लागि दुवै समूहको post-test को नतिजालाई तुलना गर्नुहोस्/

यदि experimental group को अंक बढी देखिए कम उमेरमा बिहे गर्नेको भाषिक उपलब्धि धेरै हुन्छ भन्नुहोस र कम देखिए उनीहरुको भाषिक उप्सल्ब्धि कम हुने रहेछ भन्ने निष्कर्ष निकाल्नुहोस् / यसरी तुलना गर्दा तपाईं pre-post को दुबैको अन्तर बीचको भिन्नता हेरेर पनि छुट्याउन सक्नु हुन्छ/ ती दुइबीच देखिएको अन्तर significant हो कि हैन भन्ने हेर्न भने t-test वा अन्य कुनै statistical inference को प्रयोग गर्न सकिन्छ/

Lesson 29: True Experimental Design (continued....)

True experimental डिजाइनको एउटा प्रकार Pre-test Post-test Control Group Design का बारेमा अगिल्लो पाठमा छलफल गरियो/ अब आज बाँकी प्रसंग/

२. Post-test only Control Group Design

R................X................O1
R................C................O1

Lesson 28 र यो डिजाइनमा एउटा कुरा मात्रै फरक छ/ अगिल्लो डिजाइन मा pre-test र post-test दुवै लिइएको थियो भने यसमा post-test मात्र लिइएको छ/

यो डिजाइनमा दुइवटा समूह छन्/ ती दुवैको छनौट R अर्थात् Random विधिमा आधारित छ/ एउटा समूहलाई treatment (X) दिईएको छ अर्को समूह Control group (C) बनाईएको छ / र अन्तमा दुवै समूहलाई Post-test लिइएको छ/ उदाहरणका लागि यदि तपाईं "Do the students taught by 10 years experienced teachers perform better in mathematics than those taught by less than 10 years experienced teachers?" भन्ने research question को उत्तर पत्ता लगाउन एउटा experimental research गर्न चाहनुहुन्छ र यो डिजाइन प्रयोग गर्न खोज्नुहुन्छ भने तल दिएका प्रक्रिया अवलम्बन गर्नुहोस्/

सबभन्दा पहिला दस बर्ष भन्दा बढी अनुभव भएका शिक्षकले पढाउने स्कूल पत्ता लगाउनुहोस्/ त्यसपछि तिनीहरुको प्रतिनिधित्व संख्या एकिन गर्नुहोस्/ त्यतिकै संख्यामा दस बर्ष भन्दा कम अनुभव भएका शिक्षकले पढाउने स्कूल छान्नुहोस र प्रतिनिधि संख्या बराबर बनाउनुहोस/ यो छनौट प्रक्रिया Random हुनु जरूरी छ/ स्कूल छान्दा Random, शिक्षक छान्दा Random हुनुपर्दछ/

तपाइंको प्रयोगमा तपाईंले गणीत बिषय मा उनीहरुको उपलब्धि हेर्न चाहनु भएकोले सबै शिक्षक त्यहि विषयका हुनुपर्दछ/ तपाइंको assumption पनि यहाँ जरुरी छ/ विद्यार्थीको उपलब्धि भनेको तपाईले लिने post-test मा विद्यार्थीले पाउने अंक मान्ने हो भने त्यो नै तपाइंको assumption भयो/

अब दश बर्ष भन्दा बढी अनुभव भएकोले पढाएको बिद्यार्थी जति Experimental Group र अरु शिक्षकले पढाएको बिद्यार्थी Control Group हुने भए/ अब बिद्यार्थी पनि त्यसै गरी Random assignment गर्नुस् र बराबर संख्यामा दुवै थरी शिक्षकको कक्षामा राख्नुस्/ छात्र र छात्रा पनि समानुपातिक बनाउनुस्/

त्यसपछि गणितको कुनै पाठ तपाइंको उद्देस्य अनुसार रोज्नुस र दुवै थरीका कक्षामा पढाउन लगाउनुस/ एउटा समूहमा १० बर्ष भन्दा बढी अनुभव भएको गणित शिक्षकलाई पढाउन लगाउनुस र अर्को समूहमा १० बर्ष भन्दा कम अनुभव भएका शिक्षकलाई पढ़ाउन लगाउनुस्/ पढाएको बिषयबस्तुमा आधारित एउटा परिक्षा बनाउनुहोस्/ पढाई सकिसकेपछि दुवै समूहमा विद्यार्थीको परिक्षण गर्नुहोस्/ कुन प्रकारको शिक्षकले पढाएको विद्यार्थीले बढी उपलब्धि हासिल गर्छन दुबैको नतिजा तुलना गरी निर्णय लिनुहोस्/ ती दुइबीच देखिएको अन्तर significant हो कि हैन भन्ने हेर्न भने t-test वा अन्य कुनै statistical inference को प्रयोग गर्न सकिन्छ/

प्रकाशित मिति २०७२ पुस ७ गते

प्रतिक्रिया