Edukhabar
शुक्रबार, ०४ असोज २०८१
जिव्रो

शिक्षकको दक्षता मापनको आधार के ?

मंगलबार, ०७ पुस २०७२

Gopal Rai

शिक्षक विषयगत रुपमा दक्ष बनाउनुपर्छ भन्ने र सोही अनुसारको शिक्षण अनुमती पत्र प्रदान गर्ने कुरा एकदमै सही हो । अनावश्यक कुराहरु पढेर दिमागलाई बोझ दिनु भन्दा जेमा दक्षता हुनु पर्ने हो त्यसैबाट उसको क्षमता मापन गर्नु पर्छ । स्थायी शिक्षकको आन्तरिक २५ प्रतिशतले हुने बढुवामा पनि विषयगत रुपमा कोटा छुटटयाएर प्रतिस्पर्धा गराउनुपर्छ ।

अहिलेको आन्तरिक प्रतिस्पर्धा त सिधै भाषाका शिक्षकहरुलाई बढुवा गरिदिए पनि हुन्छ । गणित, विज्ञानका शिक्षकहरुलाई शिक्षा संग सम्बन्धित तथा मिलाएर भाषा लेख्न नै समस्या पर्छ भने अर्कोतिर भाषाका शिक्षकहरु लेखन शैलीमा पोख्त हुन्छन् । त्यसैले अव शिक्षण अनुमती देखि आन्तरिक बढुवाको प्रतिस्पर्धामा समेत विषयगत हुनु पर्छ । विषयगत प्रतिस्पर्धा गराउनु पर्छ यो नै उपयु्क्त विकल्प हुन सक्छ ।

प्रतिक्रिया