Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

भोजपुर क्याम्पसले स्वर्ण महोत्सव मनाउँदै 

मंगलबार, ०७ पुस २०७२

काठमाडौँ, ७ पुस । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसको रुपमा सञ्चालित भोजपुर बहुमुखी क्याम्पसले भोली स्वर्ण जयन्ती मनाउँदै छ । 

नेपालकै पहिलो महिला तथा गणतन्त्र नेपालको दोश्रो राष्ट्रपति बन्न सफल विद्यालयकी पूर्व विद्यार्थी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भोलीको कार्यक्रम उपस्थित गराउने तयारी समेत गरेको छ। 

सो विद्यालयबाटै अहिलेका सञ्चारमन्त्री शेरधन राईले समेत अध्ययन गरेका थिए । 

२०२२ साल जेठ २९ गते स्थापना भएको भोजपुर क्याम्पसले स्वर्णजयन्तीको अवसरमा राष्ट्रपति भण्डारीसहित विद्यालयका प्राचार्य, व्यवस्थापन समितीका अध्यक्ष, क्याम्पस इकाई कमिटि लगायत विभिन्न व्यक्तिहरुको शुभकामना प्रकाशित गरेको छ। 

(आजको गोरखापत्र दैनिकको पृष्ठ २ मा प्रकाशित समाचार)

प्रतिक्रिया