Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

सांसदको भत्ताले विद्यार्थीलाई न्यानो पोशाक 

मंगलबार, ०७ पुस २०७२

काठमाडौँ, ७ पुस । मकवानपुर क्षेत्र नं. १ का सासंद इन्द्रबहादुर बानियाद्धारा हेटौडा २२ साजबोटेस्थित महादेव प्राविलाई घोषणा गरिएको सहयोग रकम हस्तान्तरण गरिएको छ। 

विद्यार्थीलाई न्यानो पोशाक र चप्पल खरिदका लागी आफ्नो सांसद भत्ताबाट घोषणा गरिएको ५० हजार रुपैँया हस्तान्तरण गरिएको हो । 

नेपाली कांग्रेसका क्ष्ोत्रीय सभापति दामोदर खनालले सोमबार सहयोग रकम विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद देवकोटालाई हस्तान्तरण गरे । 

प्राप्त रकमबाट विद्यार्थीलाई जाडोबाट बच्न न्यानो र चप्पल खरिद गरिने प्रअ देवकोटाले बताए । विद्यालयमा दलित, चेपाङ, र जनजाती विपन्न समुदायका करिब ९५ विद्यार्थी अध्ययनरत छन् ।

(आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित समाचार)

प्रतिक्रिया