Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

जनरल मेडिसियन परीक्षा रद्ध

मंगलबार, ०७ पुस २०७२

काठमाडौँ, ७ पुस । कर्णालीमा पहिलोपटक सञ्चालन हुन लागेको हेल्थ असिस्टेन्टको विद्यार्थी भर्ना छनोट परीक्षामा प्रश्नपत्र बाहिरिएको भन्दै परिक्षा रद्ध गरिएको छ । 

परीक्षामा अनियमितता भएको भन्दै जुम्लाका विद्यार्थी संग संगठनले विरोध जनाएपछि परीक्षा रद्ध गरिएको हो । 

गएको मंसिर १९ गते भएको जनरल मेडिसियनको परीक्षा रद्ध गरी पुनः परीक्षा तालिका सार्वजनिक गर्ने निर्णय भएपछि अस्पतालमा लगाइएको ताला १० दिनपछि सोमबार मात्र खोलिएको थियो ।

७ दिनभित्र परीक्षा सञ्चालनका लागी नयाँ सुचना प्रकाशन गरिने अस्पतालले जनाएको छ । यसअघिको परीक्षामा ३ सय ७० जनाले सहभागिता जनाएका थिए ।

(आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित समाचार)

प्रतिक्रिया